d

गौरादह जेसीज बन्यो दुई विद्यार्थीको अभिभावक

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 

झापा: गौरादह जेसीजले ११ औं स्थापना दिवस तथा अभिभावकत्व ग्रहण कार्यक्रम सम्पन्न गरेको छ । गौरादह वडा नम्बर १ स्थित पाथीभरा होटलको सभाहलमा बिबिध कार्यक्रम गर्दै आफ्नो ११ औं  स्थापना दिवस मनाएको हो । 

उक्त अवसरमा संस्थाले स्थापना काल देखि हालसम्म आइपुग्दा संस्थाले गरेका सामाजिक सेवाहरुको बारेमा चर्चा गरिएको थियो । 


खड्ग थापाले कार्यक्रमको औचित्य माथि प्रकाश पार्दै जेसी खड्ग थापाले यस वर्ष २ जना असहाय विद्यार्थीहरुलाई अभिभावकत्व ग्रहण गरेको जानकारी गराए । 

'यस वर्ष गौरादह जेसीजले मातापिता बिहिन २ जना बच्चाको अभिभावकत्व ग्रहण गरेको छ । यो आफैंमा महत्त्वपूर्ण सुरुवात पनि हो ।', उनले भने । 

 
भद्रकाली मा. वि.  अध्ययनरत सन्दीप ताजपुरिया र डोरामारी मा. वि. मा अध्ययनरत अर्जुन पोख्रेल गौरादह जेसीजको अभिभावकत्वमा रहेका बिद्यार्थीहरु हुन् ।  

सामाजिक विकास संयोजक तथा वडा नम्बर ४ का वडाध्यक्ष दुर्गामणी बस्नेतले दक्ष जनशक्ति बिदेश पलायन हुँदा नेपाली समाज गम्भीर संकट तर्फ धकेलिदै गएको बताए । 

जेसीज जस्ता मानव कल्याणकारी संस्थाहरुले समाजको रुपान्तरणमा अझ बढी सकृय भएर लाग्नुपर्ने उनको सुझाव थियो । 

गौरादह नगर प्रवक्ता तथा वडाध्यक्ष नगेन्द्र भण्डारीले समाज नकारात्मक दिशा तर्फ अगाडी बढेको भन्दै चिन्ता व्यक्त गरे । उनले सकारात्मक समाज निर्माणमा जेसीजको भुमिका महत्त्वपूर्ण हुने भन्दै वर्तमान समयमा युवाहरू विभिन्न दुर्व्यशनीमा लागेकोमा जेसीज जस्ता सामाजिक संस्थाहरु जिम्मेवार रहनुपर्ने सुझाव दिएका छन्  । 

'स्थानीय सरकारले एक्लै केहि गर्न सक्दैन । संघ संस्थाहरु हामी सँग हातेमालो गरेर हिड्न सके जस्तोसुकै कार्यपनि सहज ढंगले गर्न सकिने थियो ।', भण्डारीको भनाई थियो । 

 

वर्ष २०१७ अध्यक्ष जेसी क्रान्ति दिप काफ्ले, वर्ष २०१९ अध्यक्ष माधव कोइराला, जेसीस वर्ष २०२२ अध्यक्ष बिनिता अधिकारी कटुवाल  लगायतले शुभकामना मन्तव्य दिएका थिए । 

सोही अवसरमा जेसी बिनिता अधिकारी कटुवाल  र जेसी बिजय सिटौलाको जन्मदिनमा जन्मोत्सव  मनाउदै खिर खाएर खिर दिवसको सम्झना समेत गरिएको थियो ।

वर्ष २०२३ अध्यक्ष प्रकाश भट्टराईको सभापतित्वमा सप्पन्न कार्यक्रमको संचालन जेसी खड्ग थापाले गरेका थिए । 

Views: