d

विजयकुमार गच्छदारसहित चार पूर्वमन्त्रीविरुद्ध पक्राउ पुर्जी जारी

Views:
Responsive Image Gallery
Responsive Image Gallery

ललिता निवास जग्गा प्रकरणमा कांग्रेस नेता विजयकुमार गच्छदारसहित चार पूर्वमन्त्रीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पूर्वउपप्रधान एवं भौतिक योजनामन्त्री गच्छदार, राज्यमन्त्री सञ्जयकुमार शाह, पूर्वभूमि सुधार मन्त्री चन्द्रदेव जोशी र डम्बर श्रेष्ठविरुद्ध पक्राउ पुर्जी जारी गरिएको नेपाल प्रहरीका प्रवक्ता कुबेर कडायतले जानकारी दिए । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चलाएको भ्रष्टाचारसम्बन्धी मुद्दामा पनि गच्छदार, जोशी र श्रेष्ठ प्रतिवादी थिए । सीआईबीले यसअघि यो प्रकरणमा ४ पूर्वसचिवसहित ४ सय ६ जनाविरुद्ध पक्राउ पुर्जी लिइसकेको छ । 

ललिता निवास प्रकरणमा प्रहरीले अहिलेसम्म २२ जनालाई पक्राउ गरिसकेको छ ।


उनीहरूविरुद्ध संगठित अपराधमा अदालतबाट म्याद थप गरेर अनुसन्धान भइरहेको छ । २४ असारमा पक्राउ परेका सरकारका सचिव कृष्णबहादुर राउत भने सर्वोच्च अदालतको आदेशमा रिहा भएका छन् ।  फरक धार 

Views: