d

मेरो प्रम कालका सबै निर्णयको निष्पक्ष छानबिन होस् : बाबुराम भट्टराई

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाडौँ । नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले ललिता निवास जग्गा प्रकरणमा आफ्नो प्रधानमन्त्रित्वकालमा भएका सबै निर्णयको निष्पक्ष छानबिन गरी कारबाही गर्न आग्रह गरेका छन् ।

सोमबार बिहान सामाजिक सञ्जालमा लेखेर उनले ललिता निवास प्रकरणमा सर्वोच्च अदालतले दिएको निर्देशनअनुरूप छानबिन भए पूर्णरूपले सहयोग गर्ने बताएका छन् । उनले ललिता निवास लगायत जुनसुकै प्रकरणमा मन्त्रिपरिषद्लगायत सबै तहबाट भएका निर्णयमाथि निष्पक्ष छानबिन गरी कानूनविपरीत भएको भए जतिसुकै उच्च तहको भए पनि कानूनअनुसार कारबाही गर्नुपर्ने बताएका छन् ।

 

Views: