d

कोशी प्रदेशको सभामुख पद बजारमा बिक्री गर्न राखिएको माल जस्तो- भक्ति सिटौला

Views:
Responsive Image Gallery
Responsive Image Gallery


कोशी प्रदेश राप्रपा संसदीय दलका नेता तथा पुर्व मन्त्री भक्ति प्रसाद सिटौलाले कोशी प्रदेशको सभामुख पदलाई सत्ता पक्षले बजारमा बिक्री गर्न राखिएको माल जस्तो भएको टिप्पणी गरेका छन् । 

सत्ता गठबन्धनले सभामुख पद लिनका लागि प्रस्ताव गरे छलफल गरेर निष्कर्षमा पुग्ने उनले बताउदै सांसद सिटौलाले सत्ता पक्षले सभामुख पदको गरिमा बुझ्न नसकेको आरोप लगाएका हुन् । 

राप्रपालाई अहिलेसम्म सभामुख पद लिनको लागि प्रस्ताव नआएको बताए । 

 ‘सत्ता पक्षले प्रस्ताव गर्यो भने हामी त्यसको मुल्याङ्कन गर्छौं ।’, नेता सिटौलाले भनेका छन् । 

नयाँ सरकार टिकाउन र भत्काउन एक सांसद निर्णायक रहेको कोशी प्रदेशमा सभामुख पद कसले लिने भन्ने टुंगो लाग्न सकेको छैन । 

उद्धव थापालाई मुख्यमन्त्रीमा दाबी पेश गर्न बहुमत पुर्‍याउनका लागि सभामुख बाबुराम गौतमले राजीनामा दिएपछि हाल कोशी प्रदेशसभामा सभामुख पद रिक्त छ ।


साउन १६ गते नियुक्त भएका मुख्यमन्त्री थापाले भदौ १३ गते भित्र विश्वासको मत लिनुपर्नेछ । बहुमतका लागि आवश्यक संख्या ठिक्क मात्रै भएका कारण सत्ता गठबन्धनले फेरि सभामुख पद लिन चाहेको छैन । उसले सभामुख लिएको अवस्थामा बहुमतका लागि चाहिने संख्या भन्दा एक सिट कम हुनपुग्छ ।


त्यस्तै प्रतिपक्षी दल नेकपा एमाले र राप्रपा पनि सभामुख लिन तयार छैनन् । उनीहरुलाई थाहा छ अहिले सभामुख लिनु भनेको सत्ता गठबन्धनलाई बहुमत सुरक्षित गर्न सघाउ पुर्‍याउनु हो ।


अर्कोतर्फ सभामुख नलिएको अवस्थामा मुख्यमन्त्री थापाले विश्वासको मत पाउन नसकेर संविधानको धारा १६८ को उपधारा ३ बमोजिम ठूलो दलको हैसियतले एमाले नेतृत्वमा नयाँ सरकार बन्ने सम्भावना छ । यसरी सत्तापक्ष र प्रतिपक्ष दुबैले लिन नचाहेका कारण सभामुख पद फालाफाल भएको हो ।


निवर्तमान सभामुख बाबुराम दाहालले सभामुखबाट राजीनामा दिएर आर्थिक मामिला मन्त्री बनेका छन् । उनी माओवादी केन्द्रको कोटाबाट सभामुख बनेका थिए । 

यसैबीच मुख्य मन्त्री उद्वब थापाले विश्वासको मत लिने दिन नजिकिदै छ । जोड घटाउ मिलाउन र मुख्य मन्त्रीलाई असफल पार्नकै लागि एमालेले उपसभामुखलाई राजीनामा गराउने चर्चा चलेको छ । 
कोशीमा हाल उपसभामुख नेकपा एमालेकी सिर्जना दनुवार छिन् । प्रदेशसभामा सभामुख र उपसभामुख दुबै नभएमा ज्येष्ठ सदस्यले बैठक सञ्चालन गर्नुपर्छ । ज्येष्ठ सदस्य गयानन्द मण्डल बुधबार नै राज्यमन्त्री नियुक्त भएका छन् । उनीपछि एमालेका रोहितबहादुर कार्की ज्येष्ठ सदस्य छन् ।

गठबन्धन सरकार टिकाउन सभामुख पद लिइदिन सत्तापक्षले प्रतिपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई आग्रह गरेको भएपनि उसले सभामुख पद लिन नचाहेको स्पष्ट देखिएको छ । 

९३ सदस्यीय प्रदेश सभामा सत्तारुढ गठबन्धनसँग ४७ मत मात्रै छ । जुन कठिन बहुमत हो । प्रदेश सभाको बैठक भदौ १ गतेबाट सुरु हुँदैछ । सभामुखले राजीनामा दिएका कारण अबको बैठक उपसभामुख सिर्जना दनुवारले चलाउनेछिन् ।

उनी अनुपस्थित भएको खण्डमा सभामुख र उपसभामुखको अनुपस्थितिमा प्रदेशसभा सञ्चालन गर्न बनाइएको अध्यक्ष मण्डलका सदस्यले बैठक सञ्चालन गर्नुपर्नेछ । अध्यक्ष मण्डलमा राप्रपाबाट अम्बरबहादुर विष्ट, एमालेबाट मालती सुब्बा, कांग्रेसबाट इस्राइल मन्सरी र माओवादी केन्द्रबाट गीता तिम्सिना सदस्य छन् ।

एमाले र राप्रपाबाट अध्यक्ष मण्डलमा बसेका सांसद बैठक सञ्चालनको जिम्मेवारी लिन चाहदैनन् । सत्ता पक्षका सांसदले बैठक सञ्चालनको जिम्मेवारी लिए मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत पाउँदैनन् ।

भदौ १ गतेबाट सुरु हुने बैठकले पहिले बजेट अध्यादेश टुङ्गो लगाउनेछ । बजेट अध्यादेश टुङ्गो लगाएर उपयुक्त समयमा विश्वासको मत लिने मुख्यमन्त्री उद्धव थापाको तयारी छ । 

 

९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ मत चाहिन्छ । मुख्यमन्त्री उद्धव थापाको नेतृत्वमा सरकारलाई कांग्रेसका २९, माओवादी केन्द्रका १३, नेकपा एकीकृत समाजवादी पार्र्टीका ४ र जसपाको एक गरी ४७ सांसदको समर्थन छ । उनको विपक्षमा एमालेका ३९ (उपसभामुख बाहेक) र राप्रपाका ६ जना सांसद छन् ।

Views: