d

नगर प्रमुखले उप प्रमुखलाई नै पत्याएनन्

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 

झापा । शिवसताक्षी नगरपालिकाका प्रमुख जापान भ्रमणको क्रममा छन् । जापान उड्नै लाग्दा उनले आफ्नो कार्यवाहक जिम्मेवारी भने उप प्रमुखलाई नदिएर वडाध्यक्षलाई दिएका छन् । उनले आफ्नै पार्टीबाट निर्वाचित उपप्रमुख नरमाया कार्कीलाई पत्याएनन् । बरु उनले वडा नम्बर ४ का वडाध्यक्ष बिष्णु प्रसाईलाई श्रावण ३१ देखि भाद्र ५ सम्मको लागि कार्यबाहक नगरप्रमुख बनाएर आफू जापान उडे । नगरप्रमुख थोप्राले यसो किन गर्नुपर्यो भन्ने विषयमा अहिले निकै चर्चा हुनथालेको छ । 
उता आफुले कार्यवाहक जिम्मेवारी नपाएर असन्तुष्ट रहेकी उप प्रमुख नरमाया कार्की भने एमालेको जिल्ला कमिटिमा उजुरी गर्न पुगेकी छिन् । 

नगरप्रमुख नहुँदा उपप्रमुखले जिम्मेवारी सम्हाल्नु पर्ने मान्यता विपरीत वडाध्यक्षलाई अघि सार्नु गलत हुने भन्दै उनले असन्तुष्टि जनाएकी छिन् । 
 
 दुवै जना नेकपा एमालेतर्फबाट गत वर्षको स्थानीय तहको निर्वाचनमा निर्वाचित भएका थिए । नगर प्रमुख र उपप्रमुख बिच बिगत केहि समय देखि मनमुटाव रहेको बताइन्छ । 

 

Views: