d

पुराना पार्टीले देश समृद्ध बनाउने क्षमता गुमाइ सके - रवि लामिछाने

Views:
Responsive Image Gallery
Responsive Image Gallery


दमक,१ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मुलुकका जिम्मेवार भनिएका पुराना पार्टीले देश समृद्ध बनाउन नसक्ने बताएका छन् । शुक्रबार गौरादहमा आयोजित जनसभालाई सम्बोधन गर्दै सभापति लामिछानेले यसो भनेका हुन् । 

उनले विपक्षीले गरेका गालीहरु आफुलाई खिर जस्तै मीठो लाग्न थालेको बताएका छन् । लामिछानेले आफुले अमृत बाँडे पनि विपक्षीले बिष देख्ने गरेको भन्दै मिसन ८४ ले सबै जवाफ दिने ठोकुवा गरे । 

'हामीले मिसन ८४ को घोषणा गरिसकेका छौँ । मुलुकभर घण्टी बजिसकेको छ ।', उनले भने ।

'रास्वपाका २१ जना सांसदले संसद हल्लाएका छौँ, मुलुक बनाउने कसम खाएका छौँ । देश र जनताका लागि गद्दार गर्दैनौं ।', बताए । 

विपक्षीको गालीको कुनै अर्थ छैन भन्दै रास्वपाको लोकप्रियता गालीले रोक्न नसक्ने जिकिर गरे । 

'हामीले कालिकोटमा अस्पताल बनायौं गाली नै गरे, चितवनमा बृद्धअबश्थाका आमा बुबाको लागि निशुल्क रूपमा घर घरमा डाक्टर र नर्सको व्यवस्था सुचारु गर्यौं गाली नै गर्छन्, यो देशमा राम्रो काम गर्नेले गाली मात्रै खानुपर्ने रहेछ, तर यसले हामीलाई केही फरक पर्दैन ।', उनले भने । 

राष्ट्रिय स्वतन्त्र पार्टीले शुक्रबार एकैदिन झापाका तीन शहरमा बृहत जनसहभागितामा सभा सम्पन्न गरेको छ ।पार्टीले दमक, गौरादह र विर्तामोडमा एकैदिन जनसभा सम्पन्न गरेको हो । स्थानीय पार्टी नेतृत्वले आयोजना गरेको जनसभालाई पार्टी सभापति रवि लामिछानेसहित महामन्त्री मुकुन्द ढकाल, संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारसहित आधा दर्जन बढी केन्द्रिय नेताहरुले सम्बोधन गरेका छन् । लामिछानेसहितका नेताहरुले विर्तामोड हुदै दमक र दमक पछि गौरादमा आयोजित जनसभालाई सम्बोधन गरेका थिए । उनीहरुले पूराना पार्टीले देशलाई समृद्धि बनाउने क्षमता नभएको भन्दै अव जनताको पार्टी रास्वपा मात्र भएको र यसैमा जनताको आशा र भरोसा रहेको जोड दिए ।
दमकको गोरखा डिपार्टमेन्टको प्रांगणमा आयोजित सभालाई सम्बोधन गर्दै सभापति लामिछानेले देशलाई यो अवस्थामा ल्याउन एक बर्ष अघि मात्रै स्थापना भएको आफनो पार्टीको कुनै दोष नभएको जिकिर गर्दै लामो समयदेखि राजकाज चलाएका ठुला भनिएका दलहरुको अकर्मण्यता यसको मुख्य कारण भएको तर्क गरे ।

मुलुकमा भइरहेको बिकास र समृद्धिमा अन्य दलहरुको योगदानबारे खासै नबोलेका सभापति लामिछानेले भ्रष्टचार, अनियमितता र देशको गिर्दो आर्थिक अवस्था लगायत सम्पूर्ण जिम्म अन्य ठुला दलहरुले लिनुपर्ने जिकिर गरे ।

दमकमा सभा चलिरहँदा पानी पर्न थालेपछि लामिछानेले आफनो सम्बोधनका क्रममा आँधीहुरी र बर्षाबाट प्रभावित र विचलित नहुने भन्दै सहभागीहरुलाई भने–यहाँ पानी पर्न सक्छ, आँधीहुरी आउन सक्छ रुझ्दै भिज्दै पनि भ्रष्टाचारीहरुलाई लखेटनु परेको छ ।

Views: