d

कोशी प्रदेश सभाको अधिवेशन अन्त्य, अध्यादेशबाट बजेट ल्याइने

Views:
Responsive Image Gallery
Responsive Image Gallery

विराटनगर : कोशी प्रदेश सरकारले प्रदेश सभा अधिवेशन अन्त्य गरेको छ। कानुनको धज्जी उडाएर मुख्यमन्त्री उद्धव थापालाई विश्वासको मत दिने सभामुखको अध्यक्षतामा सभा सञ्चालन हुन नसक्ने भन्दै प्रतिपक्षीले बैठक बहिष्कार गरेपछि बुधबार दिउँसो संसद बैठक अनिश्चितकालका लागि स्थगित गरिएको थियो। तर बुधबार साँझ कोसी प्रदेश सरकारले प्रदेश प्रमुख पर्शुराम खापुङलाई संसद अधिवेशन अन्त्य गर्न सिफारिस गरेको हो।

कोशी प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता नरेन्द्र कुमार श्रेष्ठद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘कोशी प्रदेशका माननीय प्रदेश प्रमुख परशुराम खापुङ्गज्यूले नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम कोशी प्रदेश मन्त्रिपरिषद्को मिति २०८०/५/६ गतेको सिफारिसमा संवत् २०८० साल भदौ ६ गते बुधबार रातको १२ बजेदेखि कोशी प्रदेश सभाको चालु तेस्रो अधिवेशन अन्त्य गर्नुभएको छ ।’

Views: