d

हामी अध्यक्ष र उपाध्यक्ष बीच कुनै असमझदारी छैन - प्रमिला न्यौपाने तिवारी

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 

कमल । झापाको कमल गाउँपालीकाकी उपाध्यक्ष प्रमिला न्यौपाने तिवारीले अध्यक्षले गरेको असंबैधानिक कामलाई अदालतले सच्याई दिएको बताउनु भएको छ ।
अध्यक्षको अनुपस्थितिमा स्वत उपाध्यक्षले कार्यबाहक भएर काम गर्न पाउनु पर्नेमा कमल गाउँपालीकाका अध्यक्ष हुकुमसिंह राईले आफु जापान जानु पर्ने भए पछि वडा अध्यक्षलाई कार्यबाहक दिनु भएको थियो ।
अध्यक्षको निणर्य बिरुद्ध उपाध्यक्ष न्यौपानेले उच्च अदालतमा निवेदन दिनु भएको थियो । उच्च अदालतको ईलाम ईजलासले अध्यक्षको निणर्य कार्यान्वयन नगर्न अन्तरिम आदेश दिए पछि अहिले आफुले आफ्नो जिम्मेवारी पुरा गरिरहेको उपाध्यक्ष न्यौपानेले बताउनु भएको छ । अहिलेको अदालतको निर्णयले  देशै भरी नजिर स्थापित गरेको उहाँले बताउनु भयो । यसले अरु सबैलाई आगामी दिनमा सचेत गराएको भन्दै उपाध्यक्ष न्यौपानेले संबिधान भन्दा बाहिर जाने छुट कसैलाई पनि नभएको बताउनु भयो ।
आज पत्रकारहरु संग कुरा गर्दै कमल गाउँपालीका उपाध्यक्ष न्यौपानेले अध्यक्षले किन वडा अध्यक्षलाई कार्यबाहक दिएको आफुले बुझ्न नसकेको बताउनु भयो । यस अघि पटक पटक आफुले कार्यबाहक पाएर काम गरिसकेको भन्दै उहाँले आफु र अध्यक्ष विचमा अहिले सम्म कुनै बैमनस्यता र बिबाद समेत नभएको बताउनु भयो । भोलीका दिनमा पनि यस बिषयले आफुहरु बिचमा कुनै समस्या नआउने उहाँले बताउनु भयो । काम गर्ने शिलसिलामा अहिले एउटा बिषयमा फरक बुझाई भएको भए पनि अदालतले त्यसलाई सच्याईसके पछि यो बिषयको अन्त्य यहिँ भएको भन्दै उहाँले गाउँपालीकाको बिकाशमा आफुहरु बिचको सहकार्य यस अघि झैं सौहार्द रहने बताउनु भयो ।
कमल गाउँपालीका अध्यक्ष राई नेपाली कांग्रेसबाट निर्वाचित हुनुहुन्छ भने उपाध्यक्ष न्यौपाने नेकपा एमालेबाट निर्वाचित हुनुहुन्छ । अध्यक्षले आफु जापान जाने भए पछि नेकपा एकिकृत समाजबादीबाट निर्वाचित वडा अध्यक्ष असोक सुब्बालाई कार्यबाहक अध्यक्षको जिम्मेवारी दिनु भएको थियो । अदालतले अध्यक्षको उक्त निणर्य बिरुद्ध अन्तरिम आदेश दिईसकेको छ ।
 

Views: