d

नगर प्रमुखको नाम जोडेर अतिरन्जित नगर्न स्थानीयको चेतावनी

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 

झापा: दमक नगरपालिकाका तत्कालीन प्रमुख कार्यकारी अधिकृत डम्बर निरौलाले गरेको लज्जास्पद कार्यमा नगरप्रमुख राम कुमार थापाको नाम जोड्दै फैलाइएको अफवाह प्रति स्थानीयहरु आक्रोशित हुन थालेका छन् । दमक नगरपालिकाका तत्कालीन प्रमुख कार्यकारी अधिकृत  डम्बर प्रसाद निरौलाको अनैतिक हर्कत गर्दै गरेको भिडियो सार्वजनिक भएको लज्जास्पद घटनामा नगर प्रमुख जस्तो गरिमामय पदमा रहेको सम्मानित व्यक्तिको नाम जोडेर जथाभावी कृयाप्रतिक्रिया दिइएको भन्दै सरोकारवालाले  चिन्ता व्यक्त गरेका हुन् । 

अनैतिक हर्कत गरेको भिडियो सार्वजनिक हुने बित्तिकै नगर प्रमुख थापाले उक्त लज्जास्पद घटनाको स्वतन्त्र र निस्पक्ष छानबिन गर्ने बताउनु भएको मात्रै होईन तत्कालै उपप्रमुखको संयोजकत्वमा छानबिन समिति समेत गठन गरिएको छ । 

तत्कालै अधिकृत निरौलालाई मन्त्रालयले पत्र काटेर काठमाडौ बोलाएको थियो । नगर प्रमुखकै निर्देशनमा स्वतन्त्र र निस्पक्ष छानबिन समिति गठनको पहल समेत भएको भएपनि छानबिन समितिले आफ्नो प्रतिवेदन भने अहिलेसम्म सार्वजनिक गरेको छैन । 

अनैतिक भिडियो बाहिरिए कै दिन अधिकृत निरौलाले आफ्नो बेडरुमको भित्तामा नयाँ रङ्गरोगन गरेको तथ्य समेत सार्वजनिक भएपछि निरौला थप संकटमा परेका थिए । 

गत श्रावण १४ गते कार्यपालिकाका १५ जना सदस्यले नगरप्रमुखले उक्त घटनाको जिम्मा लिनुपर्ने आसय उल्लेख गर्दै नगर प्रमुखलाई एक ज्ञापनपत्रसमेत बुझाउन सम्म भ्याए । 

उक्त ज्ञापन पत्रमा उल्लेख गरिएको भाषाशैली हेर्दा नगर प्रमुख जस्तो जिम्मेवार र सम्मानित व्यक्तिको नाम जोडेर अपमान गरिएको भन्दै सामाजिक संजालमा चिन्ता व्यक्त गरिएको पाइन्छ । 

'दमक नगर प्रमुख रामकुमार थापा ज्यूको नाम जोडेर भए नभएको आरोप लगाई नगर प्रमुख जस्तो दमक नगरपालिकाको नाम र पदको ख्याल नगरी झुटो प्रचार गरियो। घटनाको अनुसन्धान को लागि छानबिन समिति बन्यो सो छानबिन समितिले त्यस घटनाको ठोस निर्णय आज सम्म दिनसकेको छैन, किन चुप खै परिणाम? अर्कालाई हिलो छ्याप्ने चाहिँ सक्ने सत्य कुरा चाहिँ बाहिर ल्याउन नसक्ने ?', एक युवाले सामाजिक संजालमा लेखेका छन् ।'

 'नगर प्रमुख जस्तो नगर कै अभिभाकिय भुमिकामा रहेको व्यक्तिको नाम जोडेर अतिरन्जित गर्न खोजिएको आरोप लगाउदै सामाजिक संजालमा निरज फुयाल लेख्छन्, नगर प्रमुख दोषी हुनुहुन्छ भने छानबिन समितिले भन्नू पर्यो, नत्र भने नगर कै अभिभावक रहेको नगर प्रमुख जस्तो सम्मानित व्यक्तिलाई नराम्रो भन्ने कुनै व्यक्तिलाई छाडिने छैन ।'

नगर प्रमुख थापा राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट नगर प्रमुखमा निर्वाचित हुनुभएको हो । निर्वाचित हुने बित्तिकै दमक नगरपालिकालाई   स्वच्छ, सुन्दर र हराभरा सहरको रूपमा रुपान्तरण गर्ने बाचा गरेका नगर प्रमुख थापालाई नगर कार्यपालिकाले भने बारम्बार असहयोग गर्दै आएको छ । कार्यपालिकाको यही असहयोग कै कारण गतवर्ष दमक नगरपालिकाले समयमा बजेट ल्याउन सकेको थिएन । कार्यपालिकामा अल्पमतमा रहेका थापाले कार्यपालिका बैठकलाई लाइभ गरेरै त्यहाँको अवस्था बारे आम नगरबासीलाई सुसूचित गराउनु भएको विषयमा समेत कार्यपालिकाका केहि सदस्यले निकै आपत्ति गरेको बताइन्छ । 

भ्रष्टाचार बिरोधि भएकै कारण पनि वहाँ माथी अन्धाधुन्ध गाली गर्नेको संख्या पनि कम छैन । 


'अहोरात्र नगरवासी सँगै रहने, गरिव र असहायको लागि भगवान कै रूपमा रहेका एक पवित्र भावना भएका व्यक्ति उपर जथाभावी आक्षेप लगाउनु निन्दनीय विषय हो।', दमक थानारोडका व्यवसायी मेघराज फुयाल बताउछन् । 

फुयाल भन्छन्, 'डम्बर प्रसाद निरौलाको अनैतिक हर्कतमा नगर प्रमुखले तत्काल एक्सन लिनु भएको छ, उनि माथि कार्वाही गर्न नगर प्रमुखले तत्कालै कदम चाल्नु भएको छ, के रङ्ग पोतेको मेयर सावले हो? घटनालाई किन अतिरन्जित गरिदैछ ?'

प्रमुख कार्यकारी अधिकृत जस्तो जिम्मेवार व्यक्तिले अनैतिक हर्कत गरेको विषय सामान्य हुँदै होईन । उनको अनैतिक कार्यको बारेमा छानबिन गर्न गठित छानबिन समितिले यथासिघ्र प्रतिवेदन पेश गर्नुपर्ने र नगरपालिकालाई थप बद्माम हुनबाट  बचाउनु पर्नेमा सरोकारवालाले जोड दिएका छन् । 

Views: