d

कन्चनजंघा साकोस गौरादह इकाईको साधारणसभा सम्पन्न

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 

कन्चनजंघा बहुउद्देश्यीय सहकारी संस्था लि. ले संस्थाको २३ औं साधारणसभा अन्तर्गत ५ औं दिनको गौरादह इकाई साधारणसभा सम्पन्न गरिएको छ । गौरादह सेवाकेन्द्रका सदस्यहरु लक्षित इकाई साधारणसभा विविध कार्यक्रमहरुका सम्पन्न भएको हो । 

स्थानीय पन्चेश्वर देवालयको सभाहलमा सम्पन्न कार्यक्रममा  संस्थाका गतिविधिहरुबारे चर्चा परिचर्चा गर्दै विभिन्न पुरस्कार द्वारा सदस्यहरुलाई सम्मान समेत गरिएको थियो । 


कार्यक्रममा संस्थाका अध्यक्ष मणि कुमार भण्डारीले संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै स्थापना काल देखि हालसम्म आइपुग्दा संस्थाका महत्त्वपूर्ण गतिविधि र सामाजिक तथा आर्थिक क्षेत्रमा पुर्याएको योगदान बारेमा चर्चा गरे । उनले आर्थिक मन्दिको कारण थिलथिलो भएको अर्थतन्त्रलाई   व्यवस्थापन गर्न चुनौतीपूर्ण रहेको बताउदै भाखा नाघेका कर्जा असुलीको लागि संस्थाले धितो लिलामी गर्ने प्रक्रिया यथासिघ्र अगाडी बढाउने जानकारी गराए । 

गौरादह नगरपालिका उपप्रमुख तथा कार्यक्रमकी प्रमुख अतिथि जलवर्षा राजवंशीले  सहकारीहरु बिकासको मेरुदण्ड भएको उल्लेख गर्दै सहकारी भित्रका समस्याहरु हल गर्न स्थानीय सरकार सबै सँग हातेमालो गरेर अगाडी बढ्न तयार रहेको बताइन् । 

कार्यक्रममा  वडा नम्बर १ का वडाध्यक्ष नगेन्द्र भण्डारी, संस्थाका लेखा सुपरिवेक्षण समिति संयोजक गङ्गा प्रसाद संग्रौला लगायतले शुभकामना मन्तव्य राखेका थिए । 

 मणि कुमार भण्डारीको सभापतित्वमा सम्पन्न कार्यक्रमको संचालन संस्थाको दमक स्थित मुख्यालयका व्यवस्थापक निलकण्ठ निरौलाले गरेका थिए । 

 

Views: