d

उज्यालो समाज ग्वालडुब्बा अध्यक्षको जिम्मेवारी पुनः ध्रुब कटुवाललाई

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 

उज्यालो समाज ग्वालडुब्बाको अध्यक्षमा ध्रुव कुमार कट्वाल निर्वाचित भएका छन् । गौरादह ७ वडा कार्यालयको सभाहलमा बुधबार आयोजित संस्थाको वार्षिक साधारणसभाले कटुवाललाई नेतृत्व हस्तान्तरण गरेको हो ।

१४ सदस्यीय कार्यसमिति उपाध्यक्षमा यश‍ोदा दाहाल, सचिवमा लक्ष्मी प्रसाईं, सह-सचिवमा जीवन कोईराला र कोषाध्यक्षमा बिमला बस्नेत रहेका छ्न् ।

नगर उपप्रमुख जलबर्षा राजवंशी चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा सम्बोधन गर्दै चौधरीले संस्थाको नाम जस्तै समाजलाई उज्यालो तिर लैजान भुमिका खेल्नुपर्ने बताउदै सामाजिक संघ संस्थाहरु सँग सहकार्य गर्दै अगाडी बढ्ने नगरपालिकाको नीति नै रहेको बताइन् ।  

'स्थानीय संघ / संस्थालाई हामी सहयोग गर्न तयार छौँ । एक आपसमा हातेमालो गरेर नै समाज रुपान्तरण गर्न सकिन्छ ।', उप मेयर चौधरीले भनिन् । 

उक्त अवसरमा  कोषाध्यक्ष बिमला बस्नेतले आर्थिक प्रतिवेदन प्रस्तुत गरेकी थिइन् भने अध्यक्ष ध्रुव कुमार कटुवालले संस्थागत प्रतिवेदन प्रस्तुत गरेका थिए । 

२०७९ मंसिर १५ गते विधिवत रूपमा दर्ता भइ सामाजिक गतिविधिहरुमा सकृय उज्यालो समाजले हाल सम्म जटिल प्रकारको रोग लागेका  स्थानीयहरु पुजा माझि,भुवन खड्का, हेमा लक्ष्मी र रोसन लुईटेललाई स्वास्थ्य उपचारको लागि आर्थिक तथा भौतिक सहयोग ,  सरसफाइ तथा बृक्षारोपण, अभिमुखिकरण लगायतका कार्यक्रममा सकृय उपस्थिति जनाउदै आएको छ ।  

जेष्ठ नागरिक सुर्य प्रसाद दहाल, वडाध्यक्ष बलराम खरेल पुण्डरी रेग्मी लगायतले शुभकामना मन्तव्य प्रस्तुत गरेको कार्यक्रममा संस्थाका सदस्यहरु लगायत स्थानीय क्षेत्रका सामाजिक, राजनीतिज्ञ, शिक्षक, बुद्धिजीवीहरुको उपस्थिति रहेकोे थियो । 

 विष्णु बहादुर बुढाथोकीको सभापतित्वमा सम्पन्न कार्यक्रमको संचालन खेमराज अधिकारले गरेका थिए । 

Views: