d

रास्वपाले गरायो गौरादह नगरपालिकालाई ध्यानाकर्षण

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 

झापा: राष्ट्रिय स्वतन्त्र पार्टीले गौरादह नगरपालिकाले सम्पत्ति कर र मालपोत महशुल घटाउन माग गर्दै दोश्रो ध्यानाकर्षण पत्र बुझाएका छन् । गत महिना बुझाइएको ध्यानाकर्षण पत्रको बारेमा नगरपालिकाले वास्ता नगरेको भन्दै रास्वपाले नगर प्रमुख छत्रपति सुवेदीलाई कर  घटाउने विषयमा दोश्रो ध्यानाकर्षण पत्र बुझाएका हुन् । 

रास्वपाको ध्यानाकर्षण पत्रमा करको प्रसंग देखि स्थानीय पाठ्यक्रमको विषय समेत समावेश गरिएको छ । 

'स्थानीय पाठ्यक्रम धेरै अशुद्ध र अव्यवहारिक रहेकोले त्यसलाई पाठ्यक्रम भन्नै नमिल्ने भन्दै तत्काल यसवारे निर्णय लिइयोस्....', ज्ञापनपत्रमा उल्लेख गरिएको छ । 

ध्यानाकर्षण पत्र ग्रहण गर्दै नगर प्रमुख छत्रपति सुवेदीले सबै पक्षबाट आएका ध्यानाकर्षण पत्रहरुलाई हेरेर छलफल चलाइने बताउनु भयो । 
नगरपालिकालाई सदैव सकारात्मक सल्लाह सुझावको खाँचो रहने भन्दै मेयर सुवेदीले पाठ्यक्रमको विषयमा समेत नगरपालिका गम्भीर रहेको प्रष्ट पार्नुभयो । 

'३ पेज पढ्दा सयवटा भन्दा बढी अशुद्ध भेट्टिएको छ ।   ५ वटा गाविस मिलाएर गौरादह नगरपालिका बनाइएको हो भन्नुपर्नेमा अन्य गाविसहरु गौरादह गाविसमा गाभिएका हुन् भनिएको छ ।', पुस्तक प्रति आफू स्वयं असन्तुष्ट रहेको वताउदै रास्वपाका नेता कार्यकर्ताहरुलाई वहाँले यसो भन्नुभएको थियो । 

पाठ्यक्रमका विषयमा बारम्बार मिटिङ र छलफल तथा अन्तरक्रियाहरु गरेर विज्ञ टोली मार्फत लेखिएको पुस्तकमा यति धेरै त्रुटि हनु अस्वाभाविक रहेको वहाँको तर्क थियो । 

पाठ्यक्रम स्थगन गर्ने वा सच्याएर पुनः छाप्ने भन्ने दुइटै विषयमा छलफल हुनसक्छ । यो राजनीतिक विषय नभएकोले शिक्षा समितिले ठोस निर्णय लिनेछ ।', वहाँले भन्नुभयो । 


'पुष्प जी ले  १३००% कर बढाएको छ भन्नू भएछ । कहाँ बढ्यो १३०० % ? त्यस्तो बढेको छैन । बरु कतिपय ठाउँमा १३००% ले घटेको पनि छ ।'

ध्यानाकर्षण पत्र बुझ्दै नगर प्रमुख सुवेदीले कर को विषयमा १३००% ले वृद्धि भएको भन्ने कुरा  कर सम्बन्धि ज्ञान नभएर बोलिएको हुनसक्ने तर्क गरे । १३००% कर वृद्धि भएको भन्दै गर्दा १३००% ले कर घटेको तथ्य समेत अध्ययन गर्न आग्रह गरे । 

कर बढेको छ भनेर भ्रम सृजना भएको बताउदै 'जथाभावी टिकाटिप्पणी हुनेगरेको पाएको छु । सामाजिक संजालमा जे मन लाग्यो त्यही लेखिन्छ । यस्तो कुराले अनावश्यक भ्रम पैदा गर्छ ।', अतिरन्जित नगर्न र आर्थिक ऐन राम्रोसँग अध्ययन गर्न आग्रह गर्दै उनले भने  । 

'कर को सम्बन्धमा केहि कुरा नमिलेको हुन सक्छ । जापान भ्रमणबाट भर्खरै फर्किएको छु । बैठक बसेर समिक्षा गर्छौं ।', नगर प्रमुख सुवेदीको भनाइ थियो । 

Views: