d

बालदिवसको अवसरमा जेसीजले गर्यो शैक्षिक सामाग्री वितरण

Views:
Responsive Image Gallery
Responsive Image Gallery


झापा: ५९ औं राष्ट्रिय बाल दिवसको अवसर पारेर गौरादह जेसिजले विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ ।  वडा नम्बर १ स्थित लालजनकल्याण आधारभूत विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेको हो । 

गौरादह जेसीजको आयोजनामा सम्पन्न गरिएको कार्यक्रममा वितरित सामाग्रीहरुको प्रायोजन भने  दमकमा रहेको साना सहयोगी समुह नेपालले गरेको थियो । 

'हामीले यस बिद्यालयमा अध्ययनरत बाल कक्षा देखि कक्षा ५ सम्मका नानीहरुलाई शैक्षिक सामाग्री सहित खेलकुदका पोशाकहरु वितरण गरेका छौँ ।', जेसीज वर्ष २३ का अध्यक्ष प्रकाश भट्टराईले जानकारी गराए । 

 बिद्यालय परिसरमा आयोजित शैक्षिक सामग्री र खेलकुद पोशाक वितरण कार्यक्रममा  गौरादह नगरपालिकाका नगरप्रवक्ता  तथा वडा नम्बर १ का वडा अध्यक्ष नगेन्द्र भण्डारी , साना सहयोगी समुह नेपाल दमकका अध्यक्ष  दुर्गाप्रसाद गड्तौला , गौरादह जेसीजका पुर्व अध्यक्षहरु क्रमशः हरिचन्द्र अधिकारी , क्रान्तिदिप काफ्ले , वडा नम्बर १ का जनप्रतिनिधि तथा अभिभावकहरुको उपस्थिति रहेको बताइएको छ । 

 जेसीज अध्यक्ष प्रकाश भट्टराईको सभापतित्वमा सम्पन्न कार्यक्रमको संयोजन वर्ष २०२३ का कानुनी सल्लाहकार धुर्वचन्द्र अधिकारीले गरेका थिए भने कार्यक्रमको संचालन वर्ष २०२३ का महासचिव भानु आचार्यले गरेका थिए । 

Views: