d

पाराबारी भेट्रान क्लब द्वारा प्रथम नगर स्तरीय भेट्रान फुटबल प्रतियोगिता आयोजना गरिने

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 

झापा: शिवसताक्षी नगरपालिका वार्ड नं ३ स्थित पाराबारी बजारमा रहेको पाराबारी भेट्रान क्लवले भेट्रान फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ । आगामी असोज २४ गते देखि ३० गते सम्म ७ दिवसीय भेट्रान फुटबल प्रतियोगिता आयोजना गरिने भएको हो । 
प्रतियोगिता भानु मा. विको स्वामित्वमा रहेको स्थानीय खेल मैदानमा आयोजना गरिने छ ।  युवाहरुलाई खेल क्षेत्रमा प्रोत्साहन गर्नु र बढ्दो लागुऔषध दुर्व्यशनी विरुद्ध जनचेतना जगाउनु उक्त प्रतियोगिताको मुख्य उद्देश्य रहेको आयोजकले बताएको छ । 

 प्रतियोगितामा जिल्ला भित्रका र बाहिरका गरेर जम्मा ८ भेट्रान टिमहरुको सहभागिता रहनेछ । 
प्रतियोगितामा प्रथम हुने टिमले ५० हजार रहनेछ भने दोस्रो पुरस्कार राशि ३० हजार तथा  प्रत्येक खेलमा म्यान अफ द म्याच लगायत अन्य विधाका पुरस्कार राशिहरु समेत राखिएको बताइएको छ । 

आयोजकको अनुसार प्रतियोगिता सफल बनाउन विभिन्न दाताहरु र संघसस्थाहरुबाट सहयोग जुट्ने र जुटाउने कार्यहरू भईरहेको तथा प्रतियोगिता भव्यरुपमा सफल हुनेमा आयोजक विश्वस्त छ।

Views: