d

दशैं खर्च जोहो गर्न राउटेको टोली मुख्यमन्त्री कार्यालय

Views:
Responsive Image Gallery
Responsive Image Gallery

जङ्गलमा फिरन्ते जीवन बिताइरहेका राउटे समुदायका प्रतिनिधिले लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीसँग बिहीबार भेट गरेर दसैँ खर्च जुटाइदिन आग्रह गरेका छन्। मुख्यमन्त्री कार्यालयसम्म आइपुगेका राउटे समुदायका मुखियाका प्रतिनिधि बिर्खेबहादुर शाहीले दसैँ खर्च जुटाउन दैलेखदेखि आइपुगेको बताउनुभयो। उहाँले दसैँ खर्चको व्यवस्था गरिदिन सरकारलाई आग्रह गर्नुभएको छ। मुख्यमन्त्री चौधरीलाई राउटे मुखिया शाहीले भन्नुभयो, “अब दसैँ आइसक्यो, हाम्रा जनताले दसैँमा बलि पनि दिनु पर्छ, खसी पनि खानु पर्छ । हामीसँग पैसा हुँदैन, त्यसका लागि सरकारले पैसा दिनु प-यो ।” 

No description available.

 

मुखिया शाहीका अनुसार राउटे समुदायका अहिले ८६ घर छन्। उहाँले दसैँ खर्च जुटाउन प्रदेश सरकार, स्थानीय सरकारलगायत विभिन्न कार्यालयसँगै सङ्घ संस्थामा पुग्ने गरेको बताउनुभएको थियो। मुख्यमन्त्री चौधरीसँग राउटे मुखिया शाहीले भन्नुभयो, “पहिले जङ्गलमा भएका रुख काटेर ठेकी, कोसी बनाएर बिक्री गरी आफ्नो खर्च चलाउँथ्यौँ तर अहिले रुख काट्न पाइँदैन। त्यसैले हामीसँग पैसा हुँदैन र सहयोग उठाउन हिँड्नु पर्छ।” 

मुख्यमन्त्री चौधरीले प्रदेश सरकार राउटे समुदायलाई सहयोग गर्नेदेखि दसैँ खर्चको व्यवस्थापन गर्न सकारात्मक भएको बताउनुभएको थियो। उहाँले दसैँ खर्चका लागि आवश्यक रकम राउटे समुदायलाई  व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।  मुख्यमन्त्री चौधरीले भन्नुभयो, “राउटेलाई पहिलेदेखि नै सरकारले दसैँ खर्च दिँदै आएको रहेछ। राउटेलाई खर्चकै कारण दसैँ मनाउन समस्या हो भने लुम्बिनी प्रदेश सरकारले पनि केही सहयोग गर्छ।”   समाचार / तस्बिर गोरखापत्र 

Views: