d

जनहित बचत तथा ऋण सहकारी संस्था १७ औं बार्षिक साधारणसभा

Views:
Responsive Image Gallery
Responsive Image Gallery

जेबि खड्का 
गौरादह/जनहित बचत तथा ऋण सहकारी संस्था १७ औं बार्षिक साधारणसभा सम्पन्न भएकाे छ। गौरादह नगरपालिकाका मेयर तथा कार्यक्रमका प्रमुख अतिथि छत्रपति सुवेदीले साधारणसभाकाे उद्घाटन गरेका थिए। साधारणसभाकाे उद्घाटन गर्दै प्रमुख अतिथि सुवेदीले ग्रामिण क्षेत्रमा सहकारी संस्थाहरु संचालनमा आएसँगै सर्वसाधारण नागरिककाे आय आर्जनमा बृद्धी भएकाे बताएका थिए। सहकारी संस्था नागरिकहरुकाे आफ्नो संस्था भएकाले सदस्यहरुले इमानदार भएर सहयाेग गर्नुपर्ने धारणा राखेका थिए।सामुदायिक भवन स्कुलचौनमा सम्पन्न साधारणसभामा साधारणसभाका सभापति समेत रहेका संस्थाका अध्यक्ष याेग प्रसाद आचार्यले संस्थाकाे प्रगति प्रतिबेदन प्रस्तुत गरेका थिए। साधारणसभामा लेखा समिति संयाेजक गाेबिन्द कठायतले संस्थाकाे ७३ लाख ३२ हजार ५ सय शेयर पुँजी रहेकाे प्रतिबेदन प्रस्तुत गरेका थिए।लेखा समितिकाे प्रतिबेदनमा ५६ लाख ५४ हजार ६ सय ८३ आम्दानी र १० लाख ५१ हजार ७ सय ६७ खुद नाफा भएकाे प्रतिबेदन प्रस्तुत गरेका थिए।संस्थाका काेषाध्यक्ष दिल बहादुर श्रेष्ठले संस्थाले आर्थिक बर्ष २०७९/०८० मा ४ कराेड ८७ लाख ३६ हजार ४ सय ४८ काे कुल काराेवार गरेकाे प्रतिबेदन प्रस्तुत गरेका थिए। साधारणसभामा संस्थाका जेष्ठ नागरिक राम भक्त कार्की र बुद्धि माया पौडेललाई जनही नगद  १५ सय सहित सम्मान पत्रका साथ दाेसल्ला ओढाई सम्मान गरिएकाे थियाे।

 

No description available.

त्यस अवसरमा विभिन्न बिधामा संस्थामा उत्कृष्ट काराेवार गर्ने ब्यक्तिहरुलाई पुरस्कृत गरिएकाे थियाे।पुरस्कृत हुनेहरुमा असल कर्जा काराेवार गर्ने -१ जना, बचत कर्ता -१ जना, अतिरिक्त बचत कर्ता १ जना, बाल बचत कर्ता -१ जना, खुत्रुके बचत कर्ता -१ जना, दैनिक बचत कर्ता -१ जनालाई पुरस्कृत गरिएकाे थियाे। सेयर सदस्यका छाेराछाेरीहरु मध्ये गत बर्षकाे एस.ई.ई. र कक्षा १२ मा उत्कृष्ट अंक ल्याउने २/२ जनालाई नगद १५ सय सहित पुरस्कृत गरिएकाे थियाे।कार्यक्रममा जिल्ला समन्वय समिति झापा सदस्य कपिलमणी काफ्ले, संस्थाका पुर्ब अध्यक्ष नेत्र बहादुर थापा लगायतले शुभकामना मन्तब्य राखेका थिए।संस्थाका सदस्य पदम बहादुर खत्रीले स्वागत मन्तब्य राखेकाे कार्यक्रममा सचिब भास्कर पाण्डेले कार्यक्रम संचालन गरेका थिए।

No description available.

 

Views: