d

पेट्रोलपम्प चोकमा दुर्गापुजा भव्यरूपमा आयोजना हुने, १२५ सदस्यीय समारोह समिति गठन

Views:
Responsive Image Gallery
Responsive Image Gallery


झापा: झापाको गौरादहमा भव्य रूपमा दुर्गा पुजा आयोजना हुने भएको छ । स्थानीय वडा नम्बर १ स्थित पेट्रोल पम्प चोकमा नव दुर्गा भवानीको पुजा अर्चना हर्सोल्लासपूर्वक आयोजना गरिने तयारी थालिएको हो । 

 

No description available.

 

हिजो सोमबार बसेको स्थानीय भक्तजनको भेलाले १२५ सदस्यीय नवदुर्गा पुजा मुल समारोह समिति गठन गरिएको छ । दुर्गा गौतमको अध्यक्षतामा गठित समारोह समितिमा गणेश कुमार श्रेष्ठ र निर्मला रिमाल उपाध्यक्ष रहेका छन् । त्यस्तै सचिबमा डिल्ली सिवाकोटी, सहसचिवमा बुबुल सुब्बा र धनकुमारी कटुवाल, तथा कोषाध्यक्षमा यामनाथ खतिवडा रहेका छन् । 

Views: