d

दमक हस्पिटलमा आर्थिक अनियमितता , भुसाल र गैरे विरुद्ध प्रशासनमा सामुहिक उजुरी PRDAPHAS.COM

Views:
Responsive Image Gallery
Responsive Image Gallery


दमक । देशका विभिन्न ठाउँमा रकम ठगीका घटनाहरु बाहिर आइरहेको बेला झापाको दमक ८ स्थित दमक हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिमा आर्थिक अनियमितता भएको भन्दै जिल्ला प्रशासन कार्यालय झापामा दुई जना सञ्चालक विरुद्ध ठगी सम्बन्धी उजुरी परेको छ । 

No description available.
अर्घाखाँची स्थायी ठेगाना भएका प्रालिका अध्यक्ष डा. निराजन भुसाल र सञ्चालक डा.चन्द्रप्रकाश गैरेले कम्पनीको बैंक खातामा रहेको रकम अनियमित तवरले झिकेर अपचलन गरेको भनि अन्य सञ्चालक तथा लगानीकर्ताले प्रमुख जिल्ला अधिकारी समक्ष आवश्यक कारवाहीका लागि उजुरी दिएका हुन् । 
उनीहरुले दिएको उजुरीमा भुसाल र गैरेले विभिन्न व्यक्तिका नाममा कम्पनीको बैंक खाताबाट रकम निकालेर अपचलन गरेको दाबी गरेका छन । सञ्चालक सदस्य मोतिलाल बरालसहित ९ जनाले दिएको सामुहिक उजुरीमा आरोपितद्धयले ३ करोड ४१ लाख रुपैयाँ अपचलन गरेको उल्लेख छ । 
दमक ८ नम्बर वडा कार्यालयले बनाएको हस्पिटल विवाद समाधान समितिले तयार पारेको प्रतिवेदनसहित प्रमुख जिल्ला अधिकारीलाई दिएको सो उजुरी जिल्ला प्रशासन कार्यालयमा मंगलबार दर्ता भएको बिहिबार (आज) पीडितहरुले दमकमा पत्रकार सम्मेलन गरेर जनाएका छन ।  
उजुरीमा विभिन्न व्यक्तिहरुको सहमति बिनानै उनीहरुको नाममा पटक पटक बैंकबाट रकम झिकेको प्रमाण समेत संलग्न गरिएको छ ।
हस्पिटलका कार्यकारी निर्देशक तेजराज घिमिरेलाई समेत दबाबमा राखेर गैरे र भुसालले त्यस किसिमको अनियमित कृयाकलाप गरी ठगी धन्दा चलाएको पीडितहरुको उजुरीमा उल्लेख छ । 
कम्पनी नियम विपरित निजहरुले अन्य सञ्चालक तथा शेयर सदस्यहरुको उपस्थिती र बैठक बिनानै एक्लौटी रुपमा गएको भाद्र ६ गते  आफना नाममा मात्रै शेयर कायम गरेको देखिएकाले किर्ते तथा जालसाँजी समेत गरेको आरोपितहरुको ठहर छ । 
यसअघि सो संस्थामा भएको समस्याका बिषयलाई लिएर निवेदन परेपछि विवाद समाधानका लागि दमकको ८ नम्बर वडा कार्यालयले पनि विवाद समाधान समिति बनाएको थियो । सो समितिले तयार पारेको प्रतिवेदन समेत वडा कार्यालयमा बुझाइएको समितिले जनाएको छ । 
आरोपित भुसाल र गैरे दुवै जना अर्घाखाँची स्थायी ठेगाना भएका व्यक्ति हुन् ।  

No description available.


ति मध्ये गैरे दमकमानै ऊँ शान्ति डेन्टल सञ्चालन गर्दै आएका छन् भने भुसाल अन्यत्रै बस्ने गरेका छन् । 
 गैरेले स्वास्थ्य निकायको उपल्लो तह सम्म आफनो पहुँच रहेको बताउँदै स्वास्थ्य क्षेत्रका चिकित्सक तथा अन्य स्वास्थ्यकर्मी र कतिपय राजनीतिक , सामाजिक अगुवाहरुलाई समेत स्वास्थ्य क्षेत्रमा लगानी गर्न भन्ने गरेको र लगानी गरिएको पैसा आफूले अपचलन गर्ने गरेको बताइएको छ । लगानीकर्ता चिकित्सकहरुले आफूले लगानीको हर हिसाब मागेर पारदर्शी कारोबार गर्न माग गर्दा उल्टै धम्क्याउने गरेको पीडितहरुको भनाई छ । उनले कम्पनीमा लगानी गर्न भन्दै यहाँका प्रतिष्ठीत डाक्टर तथा स्वास्थ्य क्षेत्रका मानिसहरुसँग लाखौं रुपैयाँ लिएर शेयर कायम नगरि ठगी गर्ने गरेका पनि बताइएको छ । 
उजुरी गर्नेहरुमा बराल, सञ्चालक सदस्य नारायण श्रेष्ठ र हेमराज पोखरेल हुन भने डा. सञ्जय रिमाल, डा. प्रकाश शर्मा, डा. दिव्या तुलाचन, डा. नविन ढकाल र सुजन खरेल सो हस्पिटलका लगानीकर्ता हुन् । लगानीकर्ताहरुको सो समूहलाई गैरेले हस्पिटलमा लगानी गर्न आग्रह गर्दै पटक पटक झण्डै डेढ करोड रुपैयाँ लिएर शेयर कायम नगरी ठगी गरेको जिल्ला प्रशासन कार्यालय झापामा दर्ता भएको उजुरीमा जनाइएको छ । 
कूल ७५ लाख लगानी रहेको सो अस्पतालमा गैरे थप ७५ लाख रुपैयाँ लगानी गरेर आउन तयार भएपछि तत्कालिन शेयर होल्डरहरुले उनलाई स्वीकारेका थिए ।

 

No description available.

Views: