d

जेष्ठ नागरिक अन्तराष्ट्रिय दिवस: गौरादहका ज्येष्ठ नागरिकलाई कम्बल र च्यवनप्रास वितरण

Views:
Responsive Image Gallery
Responsive Image Gallery


झापा: गौरादह नगरपालिकाले ज्येष्ठ नागरिकको सम्मान गरेको छ । अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा ९५ वर्ष भन्दा माथिका ज्येष्ठ नागरिकलाई एक औपचारिक कार्यक्रमका बिच सम्मान गरिएको हो । 

 जेष्ठ नागरिक गौरादहको मुख्य व्यवस्थापनमा सम्पन्न कार्यक्रममा  नगर भरिका ९५ वर्ष माथीका ४७ जनालाई न्यानो कम्मल तथा पोसिलो आहार च्यवनप्रास वितरण गरिएको बताइएको छ ।  वार्ड नं ४ वडा अध्यक्ष तथा सामाजिक विकास समिति संयोजक दुर्गामणी बस्नेतको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा गौरादह नगरपालिका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र प्रसाद भट्टराई,  महिला तथा बालबालिका प्रमुख कविता सुब्बा लगायतको उपस्थिति रहेको थियो । 

वडा नम्बर १ को सभाहलमा ज्येष्ठ नागरिक समाज गौरादह अध्यक्ष गोपाल प्र. काफ्लेको सभापतित्वमा सम्पन्न कार्यक्रमको संचालन कार्यपालिका सदस्य अन्जु निरौलाले गरेकी थिइन् ।  

Views: