d

ईन्डियाले झेल गर्दा यसरी हार्यो नेपाल

Views:
Responsive Image Gallery
Responsive Image Gallery

एसियाली खेलकुद एसियाडको क्वाटरफाइनलअन्तर्गत भारतविरुद्धको खेलमा नेपाल २३ रनले पराजित भएको छ। २०३ रनको विजयी लक्ष्य पछ्याएर जवाफी ब्याटिङमा उत्रिएको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १७९ रन बनायो।

नेपालका लागि दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ३२ रन बनाए। पाँचौं विकेटका रुपमा पेभेलिएन फर्किएका दीपेन्द्रले १५ बलमा ४ छक्का प्रहार गरेका थिए।

यस्तै, कुशल मल्ल र सन्दीप जोराले समान २९–२९ रन बनाए। २२ बल खेलेका कुशल मल्लले २ छक्का र २ चौका प्रहार गरे। सन्दीप जोराले भने १२ बलमा ३ छक्का र १ चौका प्रहार गरे।


भारतका यसयसबी जैशवाल सस्तैमा क्लियर आउट भएका थिए । अम्पायरले आउट दिन मानेनन् । भारतका लोकल टुुर्नामेन्टमा अम्पाइरिङ गर्दै आएका अम्पायरले आउट दिएनन् । कुशल भुर्तेलको ग्राउण्डमा गएको क्याचलाई आउटको मान्यता दिइयो । तेस्रो अम्पायरमा पनि भारतकै अम्पायर सामेल थिए । कुशल मल्लको क्याच पनि रिभ्युमा तेस्रो अम्पायरले हेरेनन् । यसरी शक्ति र पावरको आडमा हारिसकेको इण्डिया सेमिफाइनमा गएको छ ।

भारत एशोसियट क्रिकेट अगाडी नबढोस भन्ने चाहान्छद्ध। भारतले यो सँगै स्वर्णपदक जित्ने सम्भावना बलियो बनाएको छ ।  आइपियलमा करोडौँमा बिक्री भएका स्टारहरुले खेल सोचेजस्तो खेल्न सकेनन् । यसयसबि जैसवाल भने अम्पायरको सहयोगमा शतक बनाउन सफल भए । सस्तैमा उनलाई दिपेन्द्रले आउट गरेका थिए तर भारतीय टुर्नामेन्टमा अम्पायरिङ गर्दै आएका सिन्धुले आउटलाई पनि नटआउट दिए । यसरी नेपालको यात्रा समाप्त भएको छ ।

Views: