d

महिलाहरुलाई स्वावलम्बी बनाउदै कमल गाउँपालिका

Views:
Responsive Image Gallery
Responsive Image Gallery

झापा/ झापाको कमल गाउँपालिकाले आज आर्थिक वर्ष २०८०÷०८१ मा सञ्चालित कार्यक्रम अन्तर्गत महिलाहरुका लागी सिलाइकटाइ सम्बन्धी एडभान्स तालिम प्रदान गरेको छ ।
गरिबी निवारणका लागी लघुउद्यम विकास कार्यक्रम (मेडपा) अन्तर्गत वडा नम्बर ५ र ६ मा यसअघि सिलाइकटाइ सम्बन्धी आधारभुत तालिम लिएका १६ जना महिलाहरूलाई एक महिने सिलाइकटाइ एडभान्स तालिम प्रदान गरिएको महिला तथा बालकालिका शाखा रिता कार्की रिजालले बताउनु भयो ।
गाउँपालिकाले तपाईँहरूलाई सीप सिकाउनका लागी धेरै पैसा खर्च गरिसकेको छ । त्यसैले तपाईँहरू अब व्यवसायीक बन्नु पर्छ । तपाईँहरू व्यवसायीक भएपछि गाउँपालिकाको तर्फ बाट थप तालिमको पनि व्यवस्था हुने कमल गाउँपालिकाकी उपाध्यक्ष प्रमिला न्यौपाने तिवारीले बताउनु भयो ।
तालिममा सहभागी महिलालाई व्यवसायीका बन्नका लागी गाउँपालिकाको तर्फ बाट सिलाई मेसिन समेत प्रदान गरिएको छ । यो मेसिन घरमा लगेर थन्काउने होइन तपाईँहरूलाई उधमी बन्नका लागी सहयोग पुग्ने उद्देश्यले मेसिन प्रदान गरिएको ६ नम्बर वडाका अध्यक्ष नरेन्द्र भट्टराईले बताउनु भयो ।
एडभान्स तालिमले धेरै कुरा सिकायो तर तालिमको अवधि छोटो भएकोले जुनकुरा सिक्नु पर्ने थियो त्यो सिक्न सकिएन । समय थोरै भएकोले सबै सामाग्रीमा अभ्यास गर्ने समय पनि भएन त्यसैले आगामी दिनमा तालिमको समय थप भएमा आफूहरू व्यवसायी बन्न सकिने तालिमकी सहभागी सीमा सङ्ग्रौलाले बताउनुभयो ।
पछिल्लो समय कमल गाउँपालिकाले महिलालाई आत्मनिर्भर बनाउनका लागी विभिन्न सीप विकास सम्बन्धी तालिम प्रदान गरिरहेको छ ।
कार्यक्रम वडा नम्बर ५ का वडा सदस्य ओम प्रधानको अध्यक्षतामा भएको थियो भने पंकजा भण्डारीले तालिममा सहभागीलाई सहजीकरण गर्नु भएको थियो ।

Views: