d

एकदिवसीय क्रिकेट विश्वकप : आयोजक भारतको विजयी सुरुवात

Views:
Responsive Image Gallery
Responsive Image Gallery

दुई रन जोड्दा तीन विकेट गएको स्थितिबाट एक सय ६५ रनको बलियो साझेदारी गर्दै विराट कोहली र केएल राहुलले भारतलाई आइसिसी एकदिवसीय विश्वकपमा विजयी सुरुवात गराएका छन् । चेन्नईमा भएको खेलमा भारतले सर्वाधिक पाँचपटकको विजेता अस्ट्रेलियालाई ६ विकेटले हराएको हो । जितपछि समूहमा दुईपटकको च्याम्पियन भारतले दुई अंक जोडेको छ । 

अस्ट्रेलियाले सन् १९८७, १९९९, २००३ र २००७ मा गरी ह्याट्रिक उपाधि जितेको थियो । पछिल्लोपटक सन् २०१५ मा उपाधि जितेको हो । भारतले सन् १९८३ र सन् २०११ मा उपाधि जितेको छ । जितका लागि दुई सय रनको लक्ष्य पछ्याएको भारतले खराब सुरुवात गरेको थियो । ओपनर तथा कप्तान रोहित शर्मा र ईशान किशन शून्यमै आउट भए । सुभमन गिलको स्थानमा खेलेका किशन भने गोल्डेन डकआउट हुन पुगे । चौथो नम्बर क्रिजमा आएका श्रेयस ऐयर पनि शून्यमै पेभिलियन फर्किएपछि भारत दबाबमा आएको थियो ।

 

तेस्रो नम्बर क्रिजमा आएका विराटले एक सय १६ बलमा ६ चौकासहित ८५ रन बनाए । चौथो विकेटका लागि कोहली र राहुलले दुई सय १५ बलमा एक सय ६५ रनको बलियो साझेदारी गरेका थिए । राहुलले अविजितत सर्वाधिक ९७ रन बनाउँदै भारतलाई सहज जित दिलाए । निर्धारित लक्ष्य पूरा गरेपछि राहुल सतक प्रहार गर्न तीन रनबाट टाढा रहे ।

Views: