d

गौरादहका नौ वटै वडा कार्यालयमा खबरदारी समितिले धर्ना दिने

Views:
Responsive Image Gallery
Responsive Image Gallery


२३असोज , गौरादह /
झापाको गौरादह नगरपालिकाले भुमिकर लगायतका विभिन्न करहरु वृद्धिगरेको बिषयमा बिरोध जनाउदै यहि असोज २४ गते बुधबार नगरका ९ वटै वडाकार्यालय हरुमा एकैसाथ एकघन्टे धर्ना कार्यक्रम गर्दैछ । 
बिकास निर्माण समन्वय तथा खबरदारी समितिले जनाए अनुसार  नगरका नौ वटै वडाहरुमा   नेपाली काङ्ग्रेस   वडा समितिको संयोजनमा बिरोध स्वरुप धर्नादिन लागिएको हो । 
खबरदारी समितिले यस अघिपनी नगरपालिकाको कार्यालय तथा वडा कार्यालय हरुमा ज्ञापन- पत्र बुझाइसकेको छ । 
ज्ञापन-पत्र बुझाइएतापनी नगरले उक्त ज्ञापनपत्रको कुनै सुनुवाइ नगरेकोले बिरोध कार्यक्रमको दोस्रो चरण अनुरुप  नगरका सबै वडा  कार्यालयहरुमा धर्ना कार्यक्रम राखिएको समितिले जनाएको छ ।
धर्ना कार्यक्रमको जिम्मेवारी  निम्न बमोजिमको  नेतृत्वलाई दिइएको समितिले जनाएको छ । 
वडा न.  १  मा प्रकाश कार्की र लक्ष्मी प्रसाई लाई धर्नाको जिम्मेवारी  दिएको छ । त्यसैगरि वडा न. २ मा  हेमन्त कार्की र इश्वर खत्री ,वडा न. ३ मा  चिरञ्जीवी दाहाल , पुन्य सिग्देल र बिशाल धमला ,
वडा न. ४ मा   भुपालराज कटुवाल र बाबुराम भण्डारी , वडा न. ५  मा जिवनकुमार राई र अर्जुन शर्मा , वडा न. ६  सिताराम भट्टराई र रोहन प्रसाई ,
  वडा न. ७ मा अनिल कृष्ण प्रसाई र सुमित्रा खरेल ,   वडा न. ८ मा साबित्रा कटुवाल र सूर्य भक्त सिटौला र 
   वडा न. ९मा डा. खगेन्द्र अधिकारी र उत्तम चौलागाई लाई धर्ना कार्यक्रमको समन्बयको जिम्मेवारी दिइएको छ।

Views: