d

गौरादहका नौ वटै वडा कार्यालयमा एकैसाथ धर्ना (फोटो फिचर)

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 

२४असोज , गौरादह / नेपाली कांग्रेस गौरादह नगर समिति द्वारा गठित बिकास निर्माण समन्वय तथा खबरदारी समितिले गौरादहका ९ वटै वडा कार्यालयमा धर्ना दिएको छ । 
 नगरपालिकाले भुमिकर लगायतका विभिन्न करहरु वृद्धिगरेको बिषयमा बिरोध जनाउदै आज ९ वटै वडामा धर्ना दिइएको बताइएको हि । 

उक्त समितिले  ९ वटै वडाकार्यालयहरुमा एकैसाथ एकघन्टे धर्ना कार्यक्रम आयोजना गर्यो । 

खबरदारी समितिले यस अघिपनि  नगरपालिकाको कार्यालय तथा वडा कार्यालय हरुमा ज्ञापन- पत्र बुझाइसकेको छ । 

ज्ञापन-पत्र बुझाइएतापनी नगरले उक्त ज्ञापनपत्रको कुनै सुनुवाइ नगरेकोले बिरोध कार्यक्रमको दोस्रो चरण अनुरुप  नगरका सबै वडा  कार्यालयहरुमा धर्ना कार्यक्रम राखिएको समितिले जनाएको छ । 

No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.


धर्ना कार्यक्रमको जिम्मेवारी  निम्न बमोजिमको  नेतृत्वलाई दिइएको समितिले जनाएको छ । 

वडा न.  १  मा प्रकाश कार्की र लक्ष्मी प्रसाई लाई धर्नाको जिम्मेवारी  दिएको छ । त्यसैगरि वडा न. २ मा  हेमन्त कार्की र इश्वर खत्री ,वडा न. ३ मा  चिरञ्जीवी दाहाल , पुन्य सिग्देल र बिशाल धमला ,
वडा न. ४ मा   भुपालराज कटुवाल र बाबुराम भण्डारी , वडा न. ५  मा जिवनकुमार राई र अर्जुन शर्मा , वडा न. ६  सिताराम भट्टराई र रोहन प्रसाई ,
  वडा न. ७ मा अनिल कृष्ण प्रसाई र सुमित्रा खरेल ,   वडा न. ८ मा साबित्रा कटुवाल र सूर्य भक्त सिटौला र 
   वडा न. ९मा डा. खगेन्द्र अधिकारी र उत्तम चौलागाई लाई धर्ना कार्यक्रमको समन्बयको जिम्मेवारी दिइएको छ।

Views: