d

नमस्ते बचत तथा ऋण सहकारीको वार्षिक प्रतिवेदन सार्वजनिक PARDAPHAS.COM

Views:
Responsive Image Gallery
Responsive Image Gallery


गौरादह/नमस्ते वचत तथा ऋण सहकारी संस्थाले आर्थिक बर्ष २०७९/०८० मा १६ कराेड १३ लाख ८२ हजार ७ सय ५७ रुपैयाँकाे कुल काराेवार गरेकाे छ। संस्थाकाे १५ औं बार्षिक साधारणसभाकाे अवसरमा आयोजित विषेश कार्यक्रम मार्फत वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै  संस्थाका अध्यक्ष निर्मल वास्तोलाले विश्वव्यापी आर्थिक मन्दीकाे परिस्थितिमा मुनाफामा केही कमी भएपनि काराेवारमा खासै असर नपरेकाे जानकारी गराएका हुन् । 

 प्रतिवेदन सार्वजनिक गर्दै अध्यक्ष वास्तोलाले २ कराेड ६ लाख ७ हजार शेयर पुँजी रहेकाे संस्थामा  गत आर्थिक बर्षमा ७ लाख ९२ हजार ३ सय ७१ रुपैयाँ खुद नाफा गरेकाे जानकारी गराएका थिए।

संस्थाकाे बचत तथा निक्षेप दायित्व ११ कराेड ५३ लाख १२ हजार ३ सय ४४ रहेकाे संस्थाले १२ कराेड २६ लाख १२ हजार २ सय ८० रुपैयाँ सेयर सदस्यहरुमा ऋण लगानी गरेकाे जानकारी गराएका थिए।

२०६५ साल जेष्ठ १३ गते ३४ जना स्थानीय द्वारा स्थापित संस्थामा १५ औं साधारणसभा सम्म आइपुग्दा संस्थामा १०९५ जना महिला, ९४५ जना पुरुष तथा संस्थागत सदस्य गरि जम्मा २०५० जना शेयर सदस्य रहेका छन् भने चालू आर्थिक वर्षमा २५०० शेयर सदस्य पुर्याउने लक्ष रहेको छ । 

 गौरादह ३ स्थित डिपुचोकमा प्रधान कार्यालय रहेको यस संस्थामा बिर्तामोडमा सेवा केन्द्र संचालनमा ल्याएको छ भने ग्वालडुब्बा र गौरिगन्जमा समेत सेवा सुचारु गरेको छ । 

प्रधान कार्यालयमा सन्ध्याकालिन कारोबार सेवा समेत संचालनमा ल्याएको यस संस्थाले विप्रेषण सेवा, उपचार खर्च, सामाजिक संघ संस्थामा आर्थिक सहयोग, भ्रमण तथा तिर्थाटन, तालीम, मोबाइल बैंकिङ सेवा जस्ता महत्त्वपूर्ण सेवाहरु सञ्चालन गर्दै आएको छ । 

१३ जना कर्मचारी रहेका यस संस्थाले छोटो समयमा निकै लामो फड्को मार्न सकेको भन्दै अध्यक्ष वास्तोला सन्तोष व्यक्त गर्छन् । 

संस्थाले आगामी कार्तिक १८ गते आफ्नै सभाहलमा १५ साधारणसभा गर्ने तय गरेको जानकारी गराइएको छ भने त्यस अघि १६ गते गौरादह, ग्वालडुब्बा र गौरिगन्जमा तथा विर्तामोडमा इकाइगत साधारणसभा गरिने जानकारी गराइएको छ । 

संस्थाले १५ वार्षिक साधारणसभाको अवसर पारेर विभिन्न शिर्षकमा पुरस्कार तथा सम्मान अर्पणको कार्यक्रम समेत रहेको बताइन्छ । 

प्रतिवेदन सार्वजनिक कार्यक्रममा अध्यक्ष वास्तोला सहित उपाध्यक्ष पुन्य प्रसाद सिग्देल, सचिब विजय कुमार दाहाल, सदस्यहरु कर्ण बहादुर देवकोटा, उत्तमकुमार दास, यज्ञ प्रसाद खनाल, सिमला कुमारी खड्गी, हरि कार्की, भगवती वराल, पार्वता देवि भट्टराई, अम्बर अधिकारी, कार्यालय प्रमुख ददिराम घिमिरे कर्मचारीहरु र विभिन्न उपसमिति संयोजक तथा सदस्यहरुको उपस्थिति रहेको थियो । 

Views: