d

ईलाका प्रहरी कार्यालय गौरीगंज द्वारा नागरिक सुनुवाइ आयाेजना

Views:
Responsive Image Gallery
Responsive Image Gallery

नेपाल भारत खुल्ला सिमनाका कारण सिमा क्षेत्रबाट लागु औषध ओसारपसार र प्रयाेग कर्ताकाे संख्या बढेकाे स्थानीय बासिले गुनासाे गरेका छन। ईलाका प्रहरी कार्यलय गौरीगंजले आयाेजना गरेकाे नागरिक सुनुवाइ कार्यक्रममा सिमा क्षेत्रबाट लागू औषधकाे ओसारपसार र प्रयाेग कर्ताकाे संख्यामा बृद्धी हुदा स्थानीय बासिन्दामा त्रास बढेकाे धारणा राखेका थिए। युवा समुदायहरु लागु औषध प्रयाेगमा फसेकाले यसलाई नियन्त्रण गर्न सिमा क्षेत्रमा प्रहरीले कडाइ गर्नुपर्ने सुझाव दिएका थिए।गौरीगंज क्षेत्रका मात्र नभएर अन्य छिमेकी पालिकाहरुबाट समेत लागु औषध प्रयाेग कर्ताहरु आउने भएकाले जनमानसमा चाेरीकाे त्रास फैलिएको गौरीगंजका यादव रिजालले धारणा राखेका थिए। बिशेष गरि सिमा क्षेत्रका पालिकाहरु लागु औषध जाेनका रुपमा देखापरेकाले यसकाे नियन्त्रणका लागि युवा समुदायलाई लागु औषध प्रयाेगबाट राेक्न कुनै कसर बाँकी राख्न नहुने स्थानीय रिजालकाे भनाइ थियाे।कार्यक्रममा स्थानीय केदार ढुङ्गेलले सुकुम्बासी समस्या समाधान र चौपाया चाेरी नियन्त्रणका बिषयमा धारणा राखेका थिए। सिमा क्षेत्रमा सशस्त्र प्रहरी र नेपाली भुमिमा नेपाल प्रहरी अवरात्र खटिएपनि चौपाय चाेरीमा नियन्त्रण नभएकाे धारणा राखेका थिए। पहिलेको तुलनामा चौपाय चाेरी तस्करीमा कमी आएपनि पुर्ण रुपामा नियन्त्रण नभएकाे उनकाे भनाइ थियाे।स्थानीय राजेन्द्र ताजपुरियाले भारतिय नम्बर प्लेटका दुई पाङ्ग्रे र चार पाङ्ग्रे  सवारीसाधनहरु निर्वाध रुपमा नेपाली भुमिमा प्रवेश गरेकाे र नेपाली नम्बर प्लेटका गाडी भारतीय भुमि प्रबेशमा राेक लगाइएकोमा आपत्ति प्रकट गरेका छन। गौरीगंज गाउँपालिका पुर्ब अध्यक्ष बाबुराजा श्रेष्ठले नागरिकता बितरणमा बेतिथि बढेकाे धारणा राखेका थिए। पत्रकार मदन राजवंशीले ईलाका प्रशासन कार्यलय गौरीगंजबाट गैर नेपाली नागरिकलाई नागरिकता बितरण हुदापनि दाेषी पक्राउ नपरेकाे धारणा राखेका थिए।नागरिकता जस्ताे गम्भीर बिषयमा स्थानीय सरकार सजग नरहेको र गैर नेपाली नागरिकलाई नागरिकता बितरण गरेकाे मिडियामा सार्वजनिक भएपनि दाेषिलाई कार्यवाही नभएकाे पत्रकार राजवंशीकाे भनाई थियाे। स्थानीय नौताली राजवंशीले महिला हिंसाका दाेषीहरु पावर र पहुचका भरमा छुटकारा पाउने गरेकाे धारणा राखेकी थिइन। गौरीगंज उद्योग बाणिज्य संघका अध्यक्ष मखना महत्ताेले गौरीगंजमा रहेकाे छाेटी भंसार कार्यलय संचालनमा नआउदा ब्यापार व्यावसायमा कठिनाइ भएकाे धारणा राखेका थिए।नागरिक सुनुवाइ कार्यक्रमका प्रमुख अतिथि जिल्ला प्रहरी कार्यलयका प्रहरी प्रमुख (एस. पी.) दुर्गाराज रेग्मीले सहभागीले राखेका जिज्ञासाकाे जवाफ दिएका थिए। जिल्ला प्रहरी प्रमुख रेग्मीले लागु औषध ओसारपसार र प्रयाेग कर्ता नियन्त्रणमा अभिभावक पनि गम्भीर हुनुपर्ने बताएका थिए। प्रहरीले आफ्नो तर्फबाट जिम्मेवारी निर्वाह गरेपनि प्रहरीकाे मात्र एक्लाे प्रयास सफल नभएकाले स्थानीय बासिन्दाले पनि प्रहरीलाई सहयाेग गर्नुपर्ने बताएका थिए।स्थानीय बासिन्दाले राखेका जिज्ञासाकाे जवाफ दिने क्रममा ईलाका प्रशासन कार्यलय गौरीगंजका प्रमुख चुडामणि आपाँगाईले नागरिकता बितरणमा स्थानीय सरकारकाे सिफारिस अनुसार नागरिकताका कागजात सम्बन्धि प्रक्रिया पूरा भएका नागरिकलाई मात्र दिइएको बताएका थिए। नेपाली नागरिक र गैर नेपाली नागरिक छुट्याउने बिषयमा प्रशासन कार्यलय भन्दा स्थानीय सरकार बढी चनाखाे हुनुपर्ने बताएका थिए।कार्यक्रममा वडा नं -३ का वडाध्यक्ष श्रवण गिरी, वडा नं -४ का वडाध्यक्ष फेका गिरी, वडा नं -६ का वडाध्यक्ष बद्री नारायण यादव, सशस्त्र प्रहरी गौरीगंजका प्रमुख बिष्णुहरी घिमिरे लगायतले सहभागीहरुले राखेका जिज्ञासाकाे जवाफ दिएका थिए।

Views: