d

नेकपा (माओवादी) ले दियो सम्झौताहीन संघर्षमा उत्रने चेतावनी PARDAPHAS.COM

Views:
Responsive Image Gallery
Responsive Image Gallery

नेकपा (माओवादी) ले दियो सम्झौताहीन संघर्षमा उत्रने चेतावनी (विज्ञप्ति सहित)

May be an image of text

नेपाल कम्युनिस्ट पार्टी (माओवादी) झापाले मुलुक जर्जर अवस्थामा पुगेको भन्दै सम्झौताहीन संघर्षमा उत्रने चेतावनी दिएको छ । आज देश भिन्न राजनैतिक अवस्थाबाट गुज्रिरहेको, एकातिर दलाल संसदीय सत्ताका मतियारहरूको गठजोडमा एमसीसी जस्ता राष्ट्रघाती परियोजना मार्फत देशको राष्ट्रियतालाई विदेशी प्रभुको पाउमा सुम्पने प्रयत्न भइरहेको, शासकहरु र असफल संसदीय सत्ताका जुठोपुरोमा मस्ति लुट्नेहरु त्यसको कार्यान्वयनको लागि मरिहत्ते गरेर लागि परिरहेका भन्दै उसले गणतन्त्रलाई बद्नाम गराउने खेल चरम रूपमा बढेको जटिल परिस्थिति प्रति पार्टी टुलुटुलु हेरेर बस्न नस्क्ने उल्लेख गर्दै प्रेस विज्ञप्ति जारी गरेको हो । उक्त पार्टी द्वारा जारी विज्ञप्तिमा 'आर्थिक तरलताले ठप्प छ, महङ्गी, लुटपाट, ठगी, मिटरव्याजी, बैंक तथा वित्तिय संस्थाको आतङ्क, बेरोजगारी, भष्टाचार, कमिसनखोरीले जनता त्राहिमाम त्राहिमाम भइरहेका छन् ।', भनिएको छ । 

'असहज परिस्थितिमा धर्म/ जाति / सम्प्रदायका बीच विभिन्न बहानामा हिंसा भड्काउने र आर्यघाटमा दागबत्ती दिइसकेको राजतन्त्र पुनःस्थापनको कभरमा कुश्चित फाइदा लिने प्रयासहरु हुन थालेको अवस्था छ ।', विज्ञप्तिमा उल्लेख छ । 

 

May be an image of text
यस्तो छ विज्ञप्ति

आज देश भिन्न राजनैतिक अवस्थाबाट गुज्रिरहेको छ, एकातिर दलाल संसदीय सत्ताका मतियारहरूको गठजोडमा एमसीसी जस्ता राष्ट्रघाती परियोजना मार्फत देशको राष्ट्रियतालाई विदेशी प्रभुको पाउमा सुम्पने प्रयत्न भइरहेको मात्र छैन शासकहरु र असफल संसदीय सत्ताका जुठोपुरोमा मस्ति लुट्नेहरु त्यसको कार्यान्वयनको लागि मरिहत्ते गरेर लागि परिरहेका छन् । अर्को तर्फ देश आर्थिक तरलताले ठप्प छ, महङ्गी, लुटपाट, ठगी, मिटरव्याजी, बैंक तथा वित्तिय संस्थाको आतङ्क, बेरोजगारी, भष्टाचार, कमिसनखोरीले जनता त्राहिमाम त्राहिमाम भइरहेका छन् । यस्तो असहज परिस्थितिमा धर्म/ जाति / सम्प्रदायका बीच विभिन्न बहानामा हिंसा भड्काउने र आर्यघाटमा दागबत्ती दिइसकेको राजतन्त्र पुनःस्थापनको कभरमा कुश्चित फाइदा लिने प्रयासहरु हुन थालेको अवस्था छ । राष्ट्रियता इतिहासकै सबै भन्दा कमजोर अवस्थामा पुगेको छ, नागरिक असुरक्षित छन् । हत्या हिंसा बलत्कार जस्ता अपराधका संस्थागत ढङ्गले भइरहेका छन् । जनपक्षीय आन्दोलन सङ्घर्ष र परिवर्तन पक्षधरलाई विभिन्न झुठा लाल्छनाले दुःख दिने, मुद्दालाउनेदेखि जेल हाल्ने सम्मका हत्खण्डा अपनाइदै लगेको छ । महान् जनयुद्धले स्थापित गरेका मुल्यमान्यताहरु उल्टाउँदै लगेको अवस्था छ र जनयुद्धको आधार ध्वस्त पारिएको छ ।

यस्तो विषम परिस्थितिमा वर्गीय मुक्ति बिना तमाम न्यायप्रेमी जनताको परिवर्तन, शान्ति, स्थायित्व र विकाशको सपना पूरा नहुने निष्कर्ष सहित नेपाल कम्युनिस्ट पार्टी (माओवादी) झापा यी तमाम बेथितिको बिरुद्ध निर्मम् सङ्घर्षको उद्घोष गर्दै आम जनसमुदायलाई साथ सहयोगको अपिल यसै प्रेस विज्ञप्ति मार्फत गर्दछ ।

१) शिखर बचत तथा ऋण सहकारी संस्था, बिर्तामोड सहितले जनताको पैसा संकलन गरि सञ्चालकहरुको नामना जग्गा किन्ने, रकम दुरुपयोग गर्ने, बचत फिर्ता नदिने जुन कार्य गरिरहेको त्यसको कार्य तुरुन्तै बन्द गरि १५ दिनभित्र जनताको बचत फिर्ता गर्न जोडदार
आग्रह गर्दछ।

२) लघु बित्तले जनतालाई उद्यमी बनाउने नाममा सच्चाएको लुट बन्द गर्न, जनतालाई दुःख नदिन र आफ्ना सम्पूर्ण गतिविधि पूर्णत बन्द गर्न आग्रह गर्दछ ।

(३) विभिन्न बैंकहरुबाट जनतालाई विभिन्न नाममा आतंकित गर्ने, किस्ता नबुझ्ने र योजनाबद्ध रुपले लिलाम गरि नागरिकको सम्पत्ति कब्जा गर्ने कार्य बन्द गर्न जोडदार आग्रह गर्दछ । 

१४) मिटर ब्याजका नाममा सृजित गुण्डागर्दी, चेक आतङ बन्द गर्न आग्रह गर्दछ।

(५) बिर्तामोड-भद्रपुर सडक लगायतमा गरिएको ढिलासुस्ती / गुणस्तरहीन निर्माण लगायत बन्द गर्न र सम्झौता अनुसारको कार्य पूरा गर्न आग्रह गर्दछ ।

(६) विभिन्न नाममा जनताको बीचमा फाटो पैदा गरी कुस्चित फाइदा लिने तत्वलाई त्यस्ता असहिष्णु क्रियाकलाप बन्द गर्न र नागरिकलाई त्यस्ता हर्कतप्रति सचेत रहँदै सङ्घर्ष गर्न आग्रह गर्दछा 

७) राज्यसत्ताको प्रभावमा करछलि गर्ने / बिजुलीको महसुल नतिर्ने कथित उद्योगपतिहरुलाई १५ दिनभित्र चुक्ता गर्न आग्रह गर्दछ। 

(८) धितो तथा दृष्टिबन्धक का नाममा दलाल भुमाफिया द्वारा जनताको सम्पत्तिमा गरिएको कब्जा र  षड्यन्त्र बन्द गर्न र विनासत नागरिकका सम्पत्ति फिर्तागर्न आग्रह गर्दछ।

( ९ ) शिक्षा स्वास्थ्य का नाममा भैरहेको निजिकरण र व्यापारीकरण / लुट आतंक बन्द गर्न र नागरिकलाई गुणस्तरीय सेवा प्रदान गर्न
आग्रह गर्दछ। अन्यथा आम जनसहभागिता सहित हाम्रो पार्टी सम्झौताहीन सङ्घर्षमा जान बाध्य हुने र त्यसबाट उत्पन्न परिणामको जिम्मा सम्बन्धित पक्ष नै हुने कुरा जानकारी गराइन्छ ।

Views: