d

राष्ट्रिय युवा संघ द्वारा गौरादहमा शुभकामना आदानप्रदान

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 

राष्ट्रिय युवा संघ नेपाल गौरादह नगर कमिटिको आयोजनामा दशैं तिहार शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । गौरादह १ वडा पार्टी कार्यालयमा सोमबार विषेश कार्यक्रमको आयोजना गरि शुभकामना आदानप्रदान गरिएको हो । 

  राष्ट्रिय युवा संघ नेपाल केन्द्रिय कमिटी सदस्य सागर पोर्तेलको  प्रमुख अतिथ्यता सम्पन्न भएको कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटी सदस्य तथा राष्ट्रिय युवा संघ नेपाल पुर्व सचिवालय सदस्य दुर्गा गौतम, नेकपा एमाले नगर कमिटी अध्यक्ष मित्रदेव काफ्ले  , राष्ट्रिय युवा संघ नेपाल प्रदेश कमिटी सचिव बिनोद राना, राष्ट्रिय युवा संघ नेपाल प्रदेश कमिटी सदस्य दिपक खड्का ,राष्ट्रिय युवा संघ जिल्ला कमिटी अध्यक्ष फुर्वा लामा , जिल्ला सचिवालय सदस्य तथा नगर कमिटी इन्चार्ज बुबुल सुब्बा , अनेरास्ववियु नोबेल कलेज अध्यक्ष निगेश नायाजु लगायतले शुभकामना मन्तव्य राखेको कार्यक्रममा उल्लेख्य संख्यामा राष्ट्रिय युवा संघ आवद्व नेता कार्यकर्ताहरुको उपस्थिति रहेको संगठनका नगर अध्यक्ष डिल्ली सिवाकोटीले बताए । 

Views: