d

नमस्ते सहकारीको १५ औं साधारणसभा सम्पन्न WWW.PARDAPHAS.COM

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 


नमस्ते वचत तथा ऋण सहकारी लि. गौरादहले १५ औं साधारणसभा सम्पन्न गरेको छ । संस्थाको प्रधान कार्यालय स्थित गौरादह ३ डिपुचोकको सभाहलमा वार्षिक प्रतिवेदन सहित विभिन्न विधाका पुरस्कारहरु वितरण तथा सम्मान गर्दै साधारणसभा सम्पन्न गरिएको हो । 

ज्येष्ठ सदस्य पशुपति पराजुलीको प्रमुख आतिथ्यतामा सम्पन्न साधारणसभामा 
संस्थाले आर्थिक बर्ष २०७९/०८० मा १६ कराेड १३ लाख ८२ हजार ७ सय ५७ रुपैयाँकाे कुल काराेवार गरेकाे जानकारी गराइएको छ । 

कार्यक्रममा वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै अध्यक्ष निर्मल बाँस्तोलाले कोरोना पछि विश्वव्यापी रूपमा देखा परेको आर्थिक मन्दीका  वापजुत पनि संस्थाले गतिशीलता पाइरहेको बताए । विश्वव्यापी आर्थिक मन्दीकाे परिस्थितिमा मुनाफामा केही कमी भएपनि काराेवारमा खासै असर नपरेकाे बताए । 

निष्क्रिय सदस्यहरुलाई लाभांश पाउन बन्चित गरिने समेत १५ औं साधारणसभामा प्रस्ताव गरिएको उनले जानकारी गराए । कर्जा तागेता बापत एकपटकमा रु. ५०० का दरले सम्बन्धित ऋणिले बेहोर्नु पर्ने समेत प्रस्ताव गरिएको  उनले बताए । 

 प्रतिवेदन सार्वजनिक गर्दै अध्यक्ष बाँस्तोलाले २ कराेड ६ लाख ७ हजार शेयर पुँजी रहेकाे संस्थामा  गत आर्थिक बर्षमा ७ लाख ९२ हजार ३ सय ७१ रुपैयाँ खुद नाफा गरेकाे जानकारी गराए ।

संस्थाकाे बचत तथा निक्षेप दायित्व ११ कराेड ५३ लाख १२ हजार ३ सय ४४ रहेकाे संस्थाले १२ कराेड २६ लाख १२ हजार २ सय ८० रुपैयाँ सेयर सदस्यहरुमा ऋण लगानी गरेकाे प्रतिवेदनमा उल्लेख छ।

शुभकामना मन्तव्य राख्दै प्रमुख अतिथि तथा संस्थाका संस्थापक सदस्य पर्शुराम पराजुलीले सहकारीको मेरुदण्ड भनेकै लेखा प्रणाली भएकोले यसमा विषेश ध्यान पुर्याउन सक्ने संस्थाहरु रिस्क जोनमा नपर्ने जिकिर गरे । 

२०६५ साल जेष्ठ १३ गते ३४ जना स्थानीय द्वारा स्थापित संस्थामा १५ औं साधारणसभा सम्म आइपुग्दा संस्थामा १०९५ जना महिला, ९४५ जना पुरुष तथा संस्थागत सदस्य गरि जम्मा २०५० जना शेयर सदस्य रहेका छन् भने चालू आर्थिक वर्षमा २५०० शेयर सदस्य पुर्याउने लक्ष रहेको छ । 

 गौरादह ३ स्थित डिपुचोकमा प्रधान कार्यालय रहेको यस संस्थामा बिर्तामोडमा सेवा केन्द्र संचालनमा ल्याएको छ भने ग्वालडुब्बा र गौरिगन्जमा समेत सेवा सुचारु गरेको छ । 

प्रधान कार्यालयमा सन्ध्याकालिन कारोबार सेवा समेत संचालनमा ल्याएको यस संस्थाले विप्रेषण सेवा, उपचार खर्च, सामाजिक संघ संस्थामा आर्थिक सहयोग, भ्रमण तथा तिर्थाटन, तालीम, मोबाइल बैंकिङ सेवा जस्ता महत्त्वपूर्ण सेवाहरु सञ्चालन गर्दै आएको छ । 

१३ जना कर्मचारी रहेका यस संस्थाले छोटो समयमा निकै लामो फड्को मार्न सकेको भन्दै अध्यक्ष वास्तोला सन्तोष व्यक्त गर्छन् । 

संस्थाले कार्तिक १६ गते गौरादह, ग्वालडुब्बा र गौरिगन्जमा तथा विर्तामोडमा इकाइगत साधारणसभा गरेको थियो ।  

सदस्यलाई पुरस्कार तथा सम्मान 

संस्थाले १५ औं वार्षिक साधारणसभाको अवसर पारेर विभिन्न शिर्षकमा पुरस्कार तथा सम्मान अर्पण समेत गरेको छ । 

उत्कृष्ट ऋणी सदस्य मन कुमार नेम्वाङ,बिध्या लिम्बु, सम्भु साह, भागवत लाल ताजपुरिया, रवि कुमार श्रेष्ठ, अनिस कार्की, मंगला झाँझड, लिलम डोम, त्यस्तै राम्रो ऋण कारोबार गर्ने सदस्यहरु कुल प्रसाद ताजपुरिया, विष्णु माया लिम्बु , संकर प्रसाद स्वर्णकार, पिन्टा प्रसाद साह, ऋषिकेष निरौला लाई ग्रीन कार्ड वितरण तथा सम्मान गरिएको थियो । 

त्यस्तै उत्कृष्ट बचतकर्ता कल्पना तामाङ, परमेश्वर साह, पारसमणी घिमिरे, लिलानाथ कोइराला, गुरु श्रेष्ठ, फडिन्द्र गौतम, लतिफुल मिया, नारायण प्रसाद रिजाल, सिताराज शर्मा, दिनेश आचार्य, भगवती अधिकारी ढकाल तथा उत्कृष्ट बालवचतमा आहान बाँस्तोला, दियोन राजवंशी, एल्सन लिम्बु , आदित्य भुजेल, कुशल खनाल, संयोग बराल, सुब्रीन बुढाथोकी,  आभास उप्रेती लगायत पुरस्कृत भएका थिए । 
त्यस्तै एसिइईमा उच्च अंक प्राप्त गर्ने प्रार्थना कार्की (३.७५  जिपिए), सनम ठाकुर  (३.७१ जिपिए) त्यतै कक्षा १२ तर्फ उत्कृष्ट अंक प्राप्त गर्ने बिभुसा कार्की (३.८१ जिपिए), बिना ढकाल (३.६५  जिपिए), रिया बस्नेत (३.७७)  जिपिए) लाई पुरस्कार तथा सम्मान पत्र सहित सम्मान गरिएको थियो । 
त्यस्तै कर्मचारी तर्फ बाला कुमारी श्रेष्ठ र कार्यसमिति सदस्य सिमला खड्गीलाई सम्मान गरिएको थियो ।

हरेक वर्ष संस्थाले प्रदान गर्दै आएको जेष्ठ नागरिक सम्मान यसवर्ष संस्थाका ज्येष्ठ सदस्य कबिन्द्र राज सेढाई लाई नगद ५०००/- सहित दोसल्ला ओढाएर सम्मान गरिएको थियो साथै पत्रकारिता तर्फ पर्दाफास डट कम का सम्पादक सान नेपाललाई सम्मान गरिएको थियो । 

कार्यक्रममा उपाध्यक्ष पुन्य सिग्देल सचिब विजय कुमार दाहाल, सदस्यहरु कर्ण बहादुर देवकोटा, उत्तमकुमार दास, यज्ञ प्रसाद खनाल, सिमला कुमारी खड्गी, हरि कार्की, भगवती वराल, पार्वता देवि भट्टराई, अम्बर अधिकारी, कार्यालय प्रमुख ददिराम घिमिरे, कर्मचारीहरु र विभिन्न उपसमिति संयोजक तथा सदस्यहरु सहित समुहगत प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

संस्थाका उपाध्यक्ष पुन्य सिग्देल, ज्येष्ठ सदस्य कविन्द्र राज सेढाई लगायतले शुभकामना मन्तव्य राखेको कार्यक्रम अध्यक्ष निर्मल बाँस्तोलाको सभापतित्वमा सम्पन्न भएको थियो भने शिक्षा उपसमितिका संयोजक अम्बर अधिकारीले कार्यक्रम संचालन गरेका थिए । 

Views: