d

गौरादह जेसीजले सुरु गर्यो जेसीज सप्ताह PARDAPHAS.COM

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 

झापा: गौरादह जेसीजको जेसीज सप्ताह सुरु भएको छ । गौरादह २ स्थित त्रिभद्र शिशु सदनमा आज एक औपचारिक कार्यक्रमको आयोजना गरि जेसीज सप्ताह सुरु गरिएको हो । 

गौरादह नगरपालिका सामाजिक बिकास समिति संयोजक दुर्गामणी बस्नेतको प्रमुख आतिथ्यतामा सम्पन्न आजको कार्यक्रममा जेसीजले आयोजना गर्ने सप्ताहव्यापी कार्यक्रमहरुको बारेमा समेत जानकारी गराइएको थियो । जेसीज सप्ताह अन्तर्गत गौरादह जेसीजले आज पहिलो दिनको कार्यक्रम सम्पन्न गरेको छ । सप्ताहव्यापी कार्यक्रम अन्तर्गत आज पहिलो दिनको कार्यक्रममा  संस्थाले बालबालिकाहरुको मनोबैज्ञानिक पक्ष बारे जानकारी गराउने उद्देश्यले 'असल अभिभाकत्व' विषयक एक दिने कार्यक्रम सम्पन्न गरेको हो ।

आज सम्पन्न कार्यक्रमको सहजीकरण गछिया जेसीजका प्रशिक्षक प्रदीप विष्टले गरेका थिए । 
यस कार्यक्रम अन्तर्गत आफ्ना नानीहरु प्रति अभिभावकले निर्वाह गर्नुपर्ने भुमिका बारे अभिभावकहरुलाई प्रशिक्षित गराइएको आयोजकको भनाई छ ।

त्यस्तै दोश्रो दिनको कार्यक्रम कार्तिक २५ गते जेसीज मिनी दौडको आयोजना रहनेछ भने मंसिर २ गते सप्ताह समापन गरिने संस्थाका अध्यक्ष प्रकाश भट्टराईले बताए । 

सप्ताह कै दौरानमा माध्यामिक तह अध्ययनरत विद्यार्थीहरुलाई लक्षित गरि "प्रभावकारी स्थानीय तहमा युवाको भुमिका" विषयक निबन्ध प्रतियोगिता समेत संचालन गरिने बताइएको छ । उक्त निबन्ध विद्यार्थीले घरमै तयार गरि jcigauradaha@gmail.com मा पठाउनुपर्ने र उत्कृष्ट ३ विद्यार्थीलाई पुरस्कृत गरिने छ । 
 समापन कार्यक्रम कै दिन वडा नम्बर ५ स्थित नमुना पाहुना घरमा चर्चित पत्रकार टिकाराम यात्री र होटल व्यवसायी र कर्ण शाक्यको सहजीकरणमा 'थिम सेमिनार' को आयोजना गर्ने तालिका रहेको छ । 

उद्घाटन सत्रको अवसरमा शुभकामना मन्तव्य राख्दै प्रमुख अतिथि दुर्गामणी बस्नेतले लोकतान्त्रिक समाजमा संघ संस्थाहरुको भुमिका उच्च रहने बताउदै गौरादह जेसीजले आयोजना गर्ने कार्यक्रमहरु निकै युनिक र जीवनोपयोगी रहने गरेको बताए । 

कार्यक्रममा गौरादह बहुमुखी क्याम्पसका पुर्व प्रमुख भोजराज दाहाल लगायतले शुभकामना मन्तव्य राखेका थिए । 

वर्ष २०२३ का अध्यक्ष प्रकाश भट्टराईको सभापतित्वमा सम्पन्न कार्यक्रमको संचालन महासचिव ई. भानु ढकालले गरेका थिए । 

Views: