d

पाडाजुँगी - आयुर्वेदिक अस्पताल चोक सडक खण्डको निर्माण कार्य सुचारु

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 

झापा: झापाको क्षेत्र नम्बर ५ अन्तर्गत पर्ने पाडाजुँगी - गौरिगन्ज सडक अन्तर्गतको सडक निर्माण कार्य सुचारू हुने भएको छ । सडक बोर्डले ५ करोड रकम निकासा गर्ने निर्णय भए सँगै बजेट अभावमा रोकिएको निर्माणकार्य पुनः सुचारू हुने भएको हो । 

पुरानो सडक भत्काएर निर्माण अलपत्र पारिएको भन्दै स्थानीयले चरम आक्रोश व्यक्त गर्दै आएको बेला सडक निर्माण कार्यले प्राथमिकता पाएपछि पुन: स्थानीयहरु हर्षित भएका गाउँ पालिकाका पुर्व उपाध्यक्ष बेनु सिवाकोटी बताउछन् । 

निर्माण कार्य रोकिए सँगै स्थानीयले रुख काटी आवागमन अवरुद्ध गर्दै आएका थिए । 

'हामीले प्रदेश सरकार सँग निर्माण निरन्तरताका लागि प्रयत्न गरेका थियौं । प्रदेश सरकारले १० लाख मात्रै उपलब्ध गराउने भएपछि त्यति पैसा बाट निर्माण हुने सम्भावना नै रहेन । अन्ततः हामीले संघीय सरकार सँग प्रयत्न गर्दा सडक बोर्डले ५ करोड उपलब्ध गराउने भएपछि निर्माण कार्य आजैदेखि सुचारू भइसकेको छ ।', सिवाकोटीले पर्दाफास प्रतिनिधिलाई जानकारी गराए । 

गौरिगन्ज सम्म निर्माण गर्ने सुरु योजना रहेको भएपनि बिनियोजित ५ करोड बजेट बाट आयुर्वेदिक अस्पताल चोक सम्म निर्माण हुने गरि निर्माण कम्पनी सँग सम्झौता गरिएको सिवाकोटीको भनाइ छ । 

Views: