d

गौरादह ५ मा दुर्गाको मुर्ति अनावरण गरिने WWW.PARDAPHAS.COM

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 

झापा: गौरादह नगरपालिका वडा नम्बर ५ स्थित चान्दु सिमसार नजिकै निर्माण सम्पन्न भएको आइतबारे देवीथान मन्दिरमा दुर्गाको प्रतिमा अनावरण हुने भएको छ । मेडिकल व्यवसायी तथा धार्मिक राजनीतिक अभियन्ता दुर्गा प्रसाईं र धर्म गुरु श्रीनिवासाचार्यले संयुक्तरूपमा भोलि  कार्तिक २६ गते मुर्ति अनावरण गर्ने भएका हुन् । 
 मन्दिर परिसरमा वैदिक विधि पुर्वक प्रतिमा अनावरण कार्यक्रम आयोजना गरिएको मुल समारोह समितिका संयोजक तारा कुमार श्रेष्ठले बताए । 

गत माघ १६ गते देखि सप्ताहव्यापी रूपमा आयोजना गरिएको महापुराणमा मेडिकल व्यवसायी दुर्गा प्रसाईंले मन्दिर निर्माण भएपछि   दुर्गा देवीको प्रतिमा उपहारस्वरुप हस्तान्तरण गर्ने प्रतिबद्धता व्यक्त गरे अनुसार नै प्रतिमा अनावरण गर्न लागिएको श्रेष्ठको भनाई रहेको छ । 

उक्त क्षेत्रमा हाल मन्दिर निर्माण भइसकेको छ ।  

Views: