d

नेपाल रेडक्रस सोसाइटी गौरादहको उपशाखाको १६औं सभा सम्पन्न pardaphas.com

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 

झापा:  नेपाल रेडक्रस सोसाइटी उपशाखा गौरादहको १६ औं उपशाखा सभा सम्पन्न भएको छ । 

 अघिल्लो वर्षका रेडक्रस गतिविधिहरुको  बारेमा प्रतिवेदन सार्वजनिक गर्दै कार्यक्रम सम्पन्न गरिएको हो। 

गौरादह १ स्थित रेडक्रस भवन परिसरमा आयोजित कार्यक्रममा उपसभापति निर्मला बजगाई रिमालले कार्यक्रमको औचित्य माथि प्रकाश पारेकी थिइन् । 

उपशाखाको बार्षिक प्रतिवेदन संस्थाका सचिव सन्तोष कार्कीले प्रस्तुत गरेका थिए। प्रस्तुत प्रतिवेदनमा सांगठनिक स्थिति,भौतिक स्थिति,आर्थिक स्थितिका साथै आर्थिक गतिविधि उल्लेख गरिएको प्रतिवेदन प्रस्तुत गरेका थिए।
 संस्थाको कूल सदस्य संख्या ८सय २९ रहेको छ।जसमा यसस्कर १,विशिष्ट १६ र आजीवन ८सय १२ जना रहेका छन्।

जूनियर रेडक्रस सर्कल १६ र युवा रेडक्रस सर्कल २ समेत रहेको प्रतिवेदनमा उल्लेख छ ।

संस्थाकै नाममा रहेको करिब ५ कट्ठा जमिनमा ३ कोठे भवन निर्माण गरि गौरादहमा सेवा सुचारू गरेको यस संस्थाले रक्त संकलन लगायतका मानवीय सेवामा सक्रिय उपस्थिति जनाउदै आएको छ । 

 संस्थाको आर्थिक प्रतिवेदन उपकोषाध्यक्ष लीलानाथ गौतमले प्रस्तुत गरेका थिए ।

 प्रतिवेदन अनुसार आ.व.२०८९/२०८०को ७ लाख ८३ हजार ६ सय ९६ रुपैया आय रहेको छ। संस्थाले १/१ थान शव वाहन र एम्बुलेन्स सञ्चालनमा रहेको छ। आ.व.२०८०/२०८१ अनुमानित आय - व्यय ११लाख ६१ हजार रुपैयाँ  रहेको छ।
 कार्यक्रमको प्रमुख अतिथि नगर प्रमुखले नगरपालिकाको विपद व्यवस्थापन समितिको संयोजक स्वयम् आफै भएकाले विपद व्यवस्थापनमा रेडक्रससंग समन्वय गरी अघि बढ्ने बताए।
 शुभकामना व्यक्त गर्दै नेपाल रेडक्रस झापा जिल्ला शाखाको सभापति तथा कार्यक्रमको विशिष्ट अतिथि लोकराज ढकालले माई पश्चिम रहेका ६ वटा उपशाखाहरुले रेडक्रसको भावना र मर्मअनुसार काम गर्दै आएकोमा सन्तोष व्यक्त गरेकाछन्। रेडक्रसले जहिल्यै पनि समुदायसँग मिलेर काम गर्दै आएको छ भनी स्पष्ट पारे।उनले अघि थपे - खासगरी यसले मानवीय सेवामा तल्लीन रहँदै विपद व्यवस्थापन र उद्दारको काम गर्दै आएको छ।
 संस्थाको अध्यक्ष भिमविजय बाँस्तोलाको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल रेडक्रस उपशाखा गौरादहको संस्थापक संयोजक तथा समाजसेवी लोकबहादुर अधिकारीलाई दोसल्ला ओढाई सम्मान - पत्रले सम्मान गरिएको थियो।
कार्यक्रममा जिल्ला उपसभापति मित्रदेव काफ्ले,उपनगर प्रमुख जलबर्षा राजवंशी लगायत आजीवन सदस्यहरूको उपस्थिति रहेको थियो। कार्यक्रम संस्थाको उपसचिव क्रान्तिदीप काफ्ले र सचिव सन्तोष कार्कीले आलोपालो गरी सञ्चालन गरेका थिए।

Views: