d

माउन्ट एभरेष्ट मा. वि. मा स्काउटको क्याम्प फायरिङ PARDAPHAS.COM

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 

झापा: गौरादह १ स्थित माउन्ट एभरेष्ट मा. वि. मा हिजो शुक्रबारको सन्ध्याकालिन समयमा स्काउट क्याम्प फायरिङ कार्यक्रमको  आयोजना गरिएको छ । बिद्यार्थीहरुलाई स्काउटको महत्त्व बुझाउने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरिएको बताइएको हो ।  कार्यक्रममा माउन्ट स्काउट लगायत स्थानीय जनता मा. वि. र अम्बर मा. वि. को स्काउट टिमहरु रहेका थिए ।

 

 
क्याम्प फायरिङका अतिरिक्त नृत्य र गायन लगायतका विभिन्न मनोरञ्जनात्मक गतिविधिहरु समेत आयोजना गरिएको थियो । 

नेपाल स्काउटका विभिन्न तहका पदाधिकारी, प्रशिक्षक स्थानीय जनप्रतिनिधि,  अभिभावक, स्थानीय , विद्यार्थी तथा नगर स्काउट पदाधिकारी तथा सदस्यहरुको उल्लेख्य उपस्थितिमा सम्पन्न भएको कार्यक्रममा स्काउट आवद्ध विद्यार्थीहरुले स्काउट नियमको पूर्ण पालना गर्दै विभिन्न परिकारहरु  तयार गरि ग्रहण गरेका थिए भने उनीहरुको रात्रीकालिन बसोबासको प्रवन्ध समेत विद्यालयमा नै गरिएको विद्यालयका स्काउट प्रशिक्षक सुभाष पाण्डेले बताए । 

नगर प्रमुख छत्रपति सुवेदीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा मेयर सुवेदीले स्काउटको प्रस्तुति देखेर आफू उत्साहित भएको बताए । नगरले गतवर्ष उपलब्ध गराएको बजेटको सहि सदुपयोग भएको आफुले पाएको भन्दै आगामी दिनमा समेत स्काउटलाई आवस्यक सहयोग गर्न नगरपालिका सकारात्मक रहेको बताए । 
नगर स्काउट अध्यक्ष तथा उपप्रमुख जलवर्षा राजवंशीले स्काउटलाई अझै बलियो र प्रभावकारी बनाउनु पर्ने बताउदै नगरले आवस्यक सहयोग गर्न पछि नपर्ने बताइन् । आफ्नो साइप्रस भ्रमणको अनुभव सुनाउदै उनले अन्तर्राष्ट्रिय क्षेत्रमा रहेको स्काउट गतिविधिहरु आफुले प्रत्यक्ष हेर्न र अनुभव पाएको बताइन् । 
विद्यालय प्र अ नारायण घिमिरेको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन सुभाष पाण्डेले गरेका थिए । 

Views: