d

नेविसंघ गौरादहले गर्यो यस्तो निर्णय ....

Views:
Responsive Image Gallery
Responsive Image Gallery


झापा: नेविसंघ गौरादहले नयाँ योजना अघि ल्याएको छ । घोषित नयाँ योजना अनुसार अब नेविसंघ गौरादहले आफ्नो मात्री पार्टी नेपाली कांग्रेस निकट व्यक्तिहरुको निधन भएको अवस्थामा संगठनको सक्रिय उपस्थिति जनाउने बताएको हो । 
''निधन भएका नेता तथा कार्यकर्ताको घरमा हामी अनिवार्य रूपमा समवेदना लिएर श्रद्धाञ्जली अर्पण गर्न पुग्ने छौँ । कसैलाई दुख पर्दा हाम्रो रिति रिवाज र परम्परालाई  संरक्षण गर्दै हाम्रो सक्रिय उपस्थिति जनाउने छौँ ।', नगर समिति सभापति कविन्द्र चुडालले भने । 

यसका सातै गौरादहको वडा नम्बर ४ मा निधन पार्टी र संगठन आवद्ध व्यक्तिहरुको निधन हुँदा पारिवारिक अवस्था अनुसार १५ सय देखि २५ सय सम्म आर्थिक सहयोग गर्ने समेत निर्णय गरिएको र आगामी दिनमा सबै वडाहरुमा यस प्रकारको कार्यक्रममा निरन्तरता दिँदै जाने चुडालले बताएका छन् । 

'यहाँ भन्दा अगाडी यस प्रकारको ट्रेन्ड थिएन । अब हामी युवाहरूलाई सामाजिक रितिरिवाज र संस्कारहरु बुझाउन चाहान्छौँ ।', चुडालको भनाई रहेको छ । 

गौरादहमा नेविसंघको निकै राम्रो वर्चस्व रहेको र आगामी दिनमा संगठनलाई बलियो बनाउन अझ प्रभावकारी कार्यक्रमहरु ल्याइने सभापति चुडालले दावी गरेका छन् ।

 

Views: