d

गौरादह २ को हासखोरा चौकमा जनता सँग जनप्रतिनिधि

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 

गौरादह: गौरादह नगरपालिकाले अभियान कै रूपमा संचालन गरेको जनता सँग जनप्रतिनिधि कार्यक्रम आज वडा नम्बर २ को हाँसखोरामा सम्पन्न गरिएको छ । 
नगर प्रमुख छत्रपति सुवेदीको नेतृत्वमा जनतासंग अन्तरक्रिया गर्न  निस्किएको जनप्रतिनिधिको समूहले आज गौरादह २ सर्वसाधारणका समस्या तथा सरसल्लाह र गुनासाहरु सुनेको हो ।  

जनप्रतिनिधिसंगको भेटमा वडावासीले कृषि , सडक,स्वास्थ्य बिमा तथा नगर अस्पताल ,शिक्षा भुमिकर वृद्धि लगायतका विषयमा जिज्ञासा राखेका  थिए । कार्यक्रममा उपस्थित वडवासीका जिज्ञासाको  जवाफ नगर प्रमुख छत्रपति सुवेदीले दिएका थिए ।  आफुहरुले वडावासीबाट सकारात्मक  सल्लाह सुझाव प्राप्त गरेको बताउदै नगरवासीको हितमा कार्य गर्ने उद्देश्यले नै भेटघाट अभियानलाई तीब्र पारिएको बताए । 

'तपाईंहरुका सुझालाई प्राथमिकतामा राखेर बजेट तर्जुमा गर्ने छौँ ।', वहाँले भन्नुभयो । 

लैङ्गिक हिंसा बिरुद्धको अभियानलाई पनि संग संगै लगिरहेको  कार्यक्रममा उपस्थित वडावासीलाई हिंसा गर्दिन,सहन्न र देखेमा प्रतिवाद गर्छु लेखेको प्रतिबद्धता ब्यानरमा हस्ताक्षर गराइएको थियो । 

 वडा सदस्य उत्तम बस्नेतले संचालन गर्नुभएको कार्यक्रममा नगरको भौतिक पुर्वाधार विकास समितिका संयोजक नगेन्द्र भण्डारी  , सामाजिक विकास समितिका संयोजक  दुर्गामणी बस्नेत , आर्थिक बिकास समिति संयोजक बलराम खरेल  सहित स्थानीय संघ संस्थाका प्रतिनिधि तथा वडावासीको उल्लेख्य  उपस्थिति रहेको थियो ।

Views: