d

कोशी प्रदेशमै उत्कृष्ट बन्यो दमकको श्रीयन्त्र कलेज

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 

भनिन्छ शिक्षा भनेको समाज निर्माणको आधार हो । शिक्षा कै माध्यमबाट संसारले फड्को मार्न सकेको छ । बिश्वब्यापीकरणको आधुनिक समयमा नेपाल जस्तो विकासोन्मुख राष्ट्रको लागि अन्तराष्ट्रिय क्षेत्र सँग प्रतिस्पर्धा गर्न प्राबिधिक शिक्षाको अहम् आवश्यकता महसुस गरिनु स्वाभाविक नै हो । 

दमक नगरपालिका वडा नम्बर ९ मा वि.स. २०६९ स्थापित श्रीयन्त्र कलेजको स्थापना समेत यही उद्देश्य हासिल गर्न कै लागि भएको हो । श्रीयन्त्र कलेजको नाम जस्तो छ यसको क्रेज पनि उतिनै बढ्दै गएको  पाइएको छ । प्राबिधिक क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्य लिएको यस संस्थाले २०७६ साल देखि   Bachelor in Information Management र Bachelor In Computer Science Information Technology कक्षा संचालन गर्दै आएको छ ।


सिटिईभिटी बाट सम्बन्धन लिएर Diploma In Medical Lab Tech. (CMLT) को नयाँ भर्ना समेत लिइरहेको यस संस्थाले 
PRE Diploma In Computer Engineering, Civil Engineering र Electrical Engineering का कक्षाहरु समेत संचालिन गरिरहेको छ । 
त्यस्तै Bsc CSIT (IOST) को क्लास सुरु भईसकेको पाइएको छ ।

 मेचीकै पहिलो IT कलेजको रूपमा स्थापित यस कलेजले २०७५/०७६ को BSC CSIT तर्फ आठौं सेमेस्टरमा अध्ययनरत विद्यार्थीहरुको सतप्रतिशत सफल नतिजा निकालेर  प्रदेश १ मै आफुलाई अब्ब्ल राख्न सफल भएको थियो । त्यस्तै २०७७/०७८ को शैक्षिकसत्रमा पनि चौथो सेमेस्टर र २०७९/०८० को प्रथम सेमेस्टरमा ९० प्रतिशत विद्यार्थी उतिर्ण गराउन सफल भएको थियो । 
यसै कलेजमा अध्ययनरत विद्यार्थी मन्जरी शर्माले ३.८२ जिपिए सहित कोसी प्रदेश मै दोस्रो स्थान हासिल गरेकि थिइन् । 

प्राबिधिक क्षेत्रमा योगदान पुर्याउने उद्देश्यले स्थापना गरिएको श्रीयन्त्र कलेज त्रिभुवन विश्वविद्यालयबाट स्वीकृत प्राप्त शिक्षण संस्था रहेको र स्नातक तहका विभिन्न कक्षाहरु संचालन गर्दै आएको बताउछन् कलेजका Bachelor Program Coordinator विशाल श्रेष्ठ । 
प्राविधिक क्षेत्रमा हामीले लामो संघर्ष गर्यौं, परिणामस्वरूप आज केहि सफलता प्राप्त गरेको आभास हुन थालेको छ ।', श्रेष्ठ बताउछन् । 
अन्तर्राष्ट्रिय क्षेत्र सँग प्रतिस्पर्धा गर्दै योग्य शैक्षिक जनशक्ति उत्पादन गर्नु चुनौतीपूर्ण नै हुने श्रेष्ठ बताउछन् । 
मोटो लगानीमा खोलिएका कलेजहरु अनुभव, योग्यता र क्षमता भएका जनशक्तिको अभाव खेप्नु परेको बताउने उनी श्रीयन्त कलेजमा भने दक्ष जनशक्तिको अभाव हुन नदिएको बताउछ्न् । 

'आजको लागि मात्रै होइन हामीले २५ वर्ष पछाडिलाई टार्गेट गरेर काम गरिरहेका छौँ, हामी सँग अनुभव र योग्य जनशक्ति छ ।', श्रेष्ठको भनाइ रहेको छ । 

See पास गरेका विद्यार्थीले CMLT अध्ययन गर्न सक्ने यस कलेजमा अध्ययन गर्न चाहने विद्यार्थीहरुले  
Damaktech@gmail.com
Website: www.damaktechnical.edu.np
वा 9852650515 सम्पर्क गर्न सकिने छ । 

 

Views: