d

त्रिभुवन विश्वविद्यालयको २०औँ उपकुलपतिमा बराल नियुक्त

Views:

 

त्रिभुवन विश्वविद्यालयको २०औँ उपकुलपतिमा प्राडा केशरजंग बराल नियुक्त भएका छन् । प्रधानमन्त्री तथा त्रिविका कुलपति कार्यालयले बिहीबार पोखरा विश्वविद्यालयका पूर्वउपकुलपति बराललाई त्रिविको उपकुलपतिमा नियुक्त गरेको हो । 

बराल व्यवस्थापन संकायका प्राध्यापक हुन् । उनले भारतको दिल्ली विश्वविद्यालयबाट विद्यावारिधी गरेका छन् । पोखरास्थित पृथ्वीनारायण क्याम्पसका प्राध्यापक बराल २०६४ देखि ०६८ सम्म पोखरा विश्वविद्यालयका उपकुलपति थिए ।

Views: