d

फिलोसफि, धर्म तथा पुर्नजागरण

Views:
Responsive Image Gallery
Responsive Image Gallery

विश्वको इतिहाँसमा दर्शनको स्वर्ण युग ईसाको जन्म भन्दा करीब चार सय बर्षलाई मानिन्छ। वेस्टर्न फिलोसफीमा युनान दर्शनको विश्व गुरु थियो । सुकरात, प्लेटो अरस्तु, थेल्स, डायोनिसिस हेरोकलिट्स, पाइथागोरस  जस्ता महान् मानवको युग थियो त्यो ! आज पनि प्राचिन युनानको त्यो गोल्डेन एजलाई पस्चिमी दर्शनको बेडरक मानिन्छ।

 

ठिक यहि समय आसपास, पुर्वीय भुमिमापनि अनेकौं विचारहरूको जन्म भयो। साङ्ख्य, योग, न्याय, बैशेषिक, मिमाङ्सा, आदि.... आस्तिक तथा जैन, बौद्ध तथा चार्वाक जस्ता नास्तिक दर्शन एउटै माटोमा संगसगै हुर्किए। 

क्या जब्बरजस्त  समय थियो त्यो।

यति धेरै दर्शन र दार्शनिकहरू प्राचिन समयमा मात्र किन जन्मिए?

पछील्लो कयौं हजार बर्ष किन त्यो बेलाको जस्तो दर्शन र दार्शनिकहरू जन्मिएनन् ? किन आधुनिक मानवको मस्तिस्कले त्यो लेबलको दर्शनको बिकास गर्न सकेन ? 

 

व्वाई ?? व्वाई ??

कारण हो धर्म र यसमा निहित सत्ता र शक्ती  ।

पुरातन मानव समाजमा पंथ / समुदाय साना थिए। पुजारी, पण्डाको हस्तक्षेप थिएन। बिस्तारै सत्ता र शक्तिको नशाले मनुस्यलाई लठ्याउदै गयो  र उसले त्यसको प्राप्ति हेतु धर्म नामको अचुक अस्त्रको आविस्कार गर्‍यो।

रोमन सम्राज्यले इशालाई प्रयोग गर्‍यो र शक्ति आर्जन गर्‍यो अर्थात चर्चको सत्ता सुप्रीम  भयो ।

दर्शनको अर्थ हो देख्नु । कुन वस्तुलाई मनुस्यले कसरी हेर्छ ? दृष्टिकोण के हो ? आफ्नो इर्दगिर्द हुने घटना, सम्बन्ध, समाज तथा व्यक्तिगत सम्रचनाबारे ज्ञान नै दर्शन हो ।

फिलोसोफीको अर्थ त झनै गहिरो हुन्छ ।  फिलोको अर्थ प्रेम हो ।  सफीको अर्थ ज्ञान, विज्डम । अर्थात  प्रेमको गहिराईलाई बुझ्नु नै फिलोसोफी हो ।

दृष्टिकोण र प्रेमको खोज तब सम्म चल्यो जब सम्म धर्मको घेराबन्दीबाट मानव समाज मुक्त थियो।

पुर्वीय दर्शनमा सोझै दर्शनलाई बौद्ध, हिन्दु, जैन आदि शब्द झुन्ड़याएर दर्शनको विशाल सागरलाई प्राइभेट सुइमिङ पुल बनाइयो । स्वतन्त्र मनुस्यको बिचारलाई एक-एक कौमको निजि दर्शनमा परीणत गरीयो। अधिकतम मान्छेहरू आज  न्याय, सांख्य, बैदिक दर्शन आदिलाई लाई हिन्दु भन्छन् ।

पश्चिमको मामला भने फरक थियो।

पश्चिम समाजमा धर्म र दर्शन जहिल्यै अलग-अलग धारमा रहे। धर्मको सत्ताले बाइबलको रूपमा आफ्नो इन्साक्लोपिडिया लेख्यो। जीवन र जगतका सारा रहस्य, ब्रम्हाण्डका सबै जिज्ञासाको उत्तर इशालाई उद्रित गर्दै सबै बाइबलमा लेख्यो।

सम्पुर्ण कुराको ज्ञान एक पुस्तकमा सङ्ग्रहित भएपछी थप कुराको खोज नहुनु वा गर्न नदिइनु स्वभाविक थियो। बाइबलका सामुन्ने सबै दर्शन खारेज भए। सबै जिज्ञासाको हल बाइबल थियो। बाइबल एक मात्र सत्य थियो । यसको बिरोधी सबै पापी, धर्मद्रोहि र शैतान ॥

चर्चलाई नमान्नु, बाइबललाई प्रश्न गर्नु मृत्युलाई आमन्त्रित गर्नु सरह थियो। पोप साक्षत त्यसका बिधाता थिए ।  एक फरमानमा  बाइबल र चर्चको सत्तालाई प्रश्न गर्नेहरूलाई जिउँदै जलाइन्थ्यो। 

यो सबै इशाको जन्म पश्चातको समय थियो ।  सेन्ट पल न्युटेस्टामेन्टको ठेली बोकेर रोम छिरे पश्चातको युग थियो ।

सुकरात, प्लेटो, अरस्तु भन्दा करीव ५०० बर्ष पस्चातको समय थियो । 

बाइबलीय नजरमा दर्शन एक पापको रुपमा थियो ॥ प्रेमको खोज अर्थात फिलोसोफि शैतानी कर्म थियो। जब  दर्शन र फिलोसोफिको गला रेटियो । त्यहि नै युरोपको हजार बर्षको अन्धकार समयको श्री गणेश भयो।

१६ औं शताब्दी सम्म युरोप धर्मको सत्तामा निश्शासिएर अन्धकार युगमा बाँच्यो । त्यस पछी जे भयो त्यो रेनेसा थियो । अर्थात पुर्नजन्म  थियो ।

जर्मन मार्टिन लुथर किङले त्यसको सुरूवात गर्‍यो ।  बाइबल र चर्चबारे प्रश्न गर्न थाले । कोपरनिकस तथा गैलिलियोले धर्तीको आकार गोलो छ   भने । दुबैले यसको सजाय भोगे।  तर उनीहरूको कुरबानीको जगमा युरोपले हजारौ बर्षको शासनबाट मुक्ती पायो ।

पुर्नजागरण पश्चात बाइबलको जेनिसिसलाई इवोल्युशन थेउरीले गलत सावित गर्‍यो । पृथ्वी, चन्द्रमा, तारा इश्वरको कैदबाट आजाद भई न्युटन र आइन्सटाइनको सिद्वान्तमा चल्न थाले। डार्विनले बाँदरलाई मनुस्यको  पुर्वज बनाइदिए।

प्रत्येक चिज उपर शङ्का गर्नु, जिज्ञासा गर्नु, त्यसको खोज गर्नु आम मानिसको दनचर्या बन्यो र त्यहिबाट बिज्ञानको जन्म भयो।

जब युरोपले धर्मको सत्तालाई तोड्यो तब त्यहाँ बिज्ञानको जन्म भयो। अनेकौ बैज्ञानिक जन्मिए । नयाँ नयाँ आविस्कार भए ।  आजको बिकसित युरोपले आफुलाई करिब ५०० बर्षमा यो स्थानमा ल्यायो । करिब १५०० वर्ष सम्म शुन्यमा रहेर पनि !

दुर्भाग्य पुर्वीय समाज र दर्शन  धर्मको पन्जाबाट कहिले मुक्त भएन ।

आम हिन्दुलाई आज पनि पश्चिमले   १५०० बर्षको चर्चको सत्तालाई च्युत गरी  सङ्घर्ष , बौद्धिक युद्ध  पस्चात प्राप्त गरेको बिज्ञान  र सयौ बैज्ञानिकको कुरबानीबाट प्राप्त गरेको आधुनिक युगको रहस्य बेदमै रहेको छ भनेर आत्मप्रवंचना गर्नु मै गर्व छ॥ 

लार्ज हैड्रान कोलाइडर कसरी बन्छ बेदमा लेखिएको छैन ।  वेंटिलेटर या एक्सरे मशीनको स्टक्चर कुनै उपनिशदमा लेखिएको छैन । बाइबलमा पनि लेखिएको थिएन।  

सबै कुराको दावी आफैमा  गर्नु सर्फ समाजको स्वभाविक बौद्धिक बिकासको गतिलाई रोक्न सिवाय कुनै औचित्य छैन।?

जब समाज, राजनिति र त्यसको नेतृत्व पंथ / धर्मको स्थापनामा लाग्छ तब त्यो समाज अंधकार युग तर्फ धकेलिन्छ।

हाम्रो समाज यस्तो हुनुपर्छ जहाँ हरेक विचारको लागि स्पेस होस। बर्तमानका हर मान्यतालाई च्यालेन्स गर्ने पिडि जन्माओस । जहाँ कुनै धार्मिक मान्यता, पुस्तकलाई प्रश्न गर्नेहरु अश्पृय नहुन् । बरु तिनका बिचार र प्रश्नलाई आम समाजले सम्माहित गरोस ।

पंथ, मन्दिर, मस्जिद या चर्च जीवनको लक्ष कदापी हुनु हुदैन ।  बौद्धिक अस्तित्वको अन्त्य त्यहाँ हुनु हुदैन ।

 

अनाम मानव उपनामबाट धर्म, दर्शन र राजनीतिमा खरो रूपमा कलम चलाउने स्तम्भकार प्रशान्त पुष्प रिजाल झापाको गौरादह नगरपालिका वडा नम्बर १ निवासी हुनुहुन्छ । 

 

Views: