d

गौरादह जेसीजले अङ्कुरण विमोचन गर्दै, राष्ट्रिय अध्यक्ष गौरादहमा

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 

नेपाल जेसीजका वर्ष २०२४ का राष्ट्रीय अध्यक्ष जेसीआइ सिनेटर रविन पोखरेल गौरादह झापा आउन लाग्नु भएको छ । गौरादह जेसीजले आफ्नो स्थापनाको एक दशक पुरा भएको अवसरमा प्रकाशित अंकुरण स्मारिकाको विमोचनको अवसरमा आयोजना हुन लागेको अंकुरण विमोचन एवम् जेसीज साँझ कार्यक्रमका लागि उहाँ आउन लाग्नु भएको जानकारी गौरादह जेसीज वर्ष २०२४ का अध्यक्ष जेसी खड्गबहादुर थापाले दिनुभयो । कार्यक्रम एक भव्य समारोहका बिच दशमी पार्टी प्यालेस गौरादह नगरपालिका ३, धोवनीया चौक छेउमा यही फागुन १८ गते बेलुका ६:४५ बजे देखी हुने बताइएको छ ।

कार्यक्रममा प्रशिद्ध गजलकार प्रदीप रोदनको विषेश प्रस्तुती रहनेछ । त्यसै गरि वरिष्ट नाट्यकर्मी एवम् कवि भरत गुरागाईं बर्वरिक, चर्चित कवि रिता पोखरेल, साहित्यकार तथा कवि खगेन्द्र नेउपाने लगायतको रचनावाचन समेत हुने बताइको छ ।

सन् २०१२ मा जेसी विजय सिटौलाको अध्यक्षतामा स्थापना भएको गौरादह जेसीजले एक दशक पुरागर्दै गर्दा हाल सम्म १२ जना नेतृत्वले गरेका गतिविधी, सामाजिक तथा शैक्षीक व्यक्तीत्वका लेख रचना समेटेर प्रकाशित गरिएको स्मारिका सम्पादन मण्डलका संयोजक जेसी सौरभ भट्टराई रहेका छन् । सम्पादन मण्डलका सदस्यमा जेसी खड्गबहादुर थापा, जेसी दुर्लभ कार्की, जेसी भानु आचार्य र जेसी ध्रुवचन्द्र अधिकारी रहेका छन् । अतिथि सम्पादकमा साहित्यकार दीपक सुवेदी छन् भने सल्लाहकार समितिमा गौरादह जेसीजका धरोहर तथा पूर्व अध्यक्षहरु संयोजक जेसी बद्री कार्की, सदस्य जेसी हरिश्चन्द्र अधिकारी, जेसी क्रान्तीदिप काफ्ले, जेसी माधव कोइराला र जेसीज अभियन्ता जेसी सन्तोष कार्की रहेका छन् ।

वर्ष २०२३ का अध्यक्ष जेसी प्रकाश भट्टराईको कार्यकालमा शुरु भएको स्मारिका प्रकाशनको कार्यले हाल पूर्णता पाएपछी यसको बिमोचनको भव्य तयारी भै रहेको छ । यस भन्दा अगाडी सन् २०१९ मा गजल साँझ, २०२३ मा जेसीज साँझ भव्यताको साथ गौरादह जेसीजले सम्पन्न गरिसकेको छ ।

Views: