d

श्रीयन्त्र कलेज दमकको विद्यार्थी विदाइ तथा सम्मान कार्यक्रम

Views:
Responsive Image Gallery
Responsive Image Gallery

झापा: दमक टेक्निकल फाउन्डेसनको जगमा सञ्चालित श्रीयन्त्र कलेज दमकले स्वागत तथा विदाई कार्यक्रम आयोजना गरेको छ   । Bsc. CSIT को बाह्रौं र BIM का पाचौं ब्याचका विद्यार्थीहरुलाई स्वागत गर्दै Bsc. CSIT सातौं र Pre- Diploma Electrical Engineering छैटौं ब्याचका विद्यार्थीहरुलाई बिदाइ गरिएको हो । 
कार्यक्रममा विद्यार्थीहरुले नृत्य र गायन लगायतका सांगीतिक प्रस्तुति समेत गरेका थिए । 

दमक ९ का वडाध्यक्ष कुवेर भट्टराईको प्रमुख आतिथ्यतामा सञ्चालित कार्यक्रममा भट्टराईले प्राबिधिक शिक्षाको क्षेत्रमा लागेका विद्यार्थीहरुले जागीर खान कै लागि बिदेश जानू नपर्ने बताए । आफू पनि प्राबिधिक क्षेत्र कै विद्यार्थी रहेकोले पनि प्राबिधिक क्षेत्रको शिक्षण संस्था श्रीयन्त्र कलेजसँग नजिक बाटै परिचित रहेको बताए । श्रीयन्त्र कलेजको स्थापनाले प्राबिधिक क्षेत्रमा पढ्न चाहने विद्यार्थीहरुको मन जितेको बताउदै यो अवसरलाई पहिचान गरेर अगाडी बढ्न विद्यार्थीहरुलाई सल्लाह प्रदान गरे । 

बिएससी सि यस आइ टी
कार्यक्रमको औचित्य माथि प्रकाश पार्दै प्रधानाध्यापक श्याम कुमार विष्टले श्रीयन्त्र कलेजले १५ औं वर्ष गर्दा प्राप्त गरेका सफलताको चर्चा गर्दै प्राबिधिक शिक्षालाई अझ व्यवस्थित र व्यवहारिक तथा सर्वसुलभ  गर्दै लैजाने बताए । सहज र गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको यस कलेजले 
४ वर्षे बियससी सि एस आइटी, बिआइएम तथा अन्य प्राबिधिक संकाय लगायत छोटो अवधिका ३० वटा भन्दा कार्यक्रमहरु सञ्चालनमा ल्याइएको उनले बताए । सर्वसुलभ शिक्षा प्रदान गर्ने उद्देश्यले सञ्चालित यस कलेजलाई  सामुदायिक क्षेत्रको सहयोग अपरिहार्य रहेको जनाए । 

शेयर सदस्य तथा लक्ष्मीप्रसाद गौतमले समेत शुभकामना मन्तव्य राखेका थिए । 

कार्यक्रममा विभिन्न सेमेस्टरमा उत्कृष्ट हुने विद्यार्थीलाई सम्मान गरिएको थियो भने सञ्चालक समितिका सदस्यहरु समेत सम्मानित भएका थिए । 

कार्यक्रमको सभापति सञ्चालक समिति अध्यक्ष महेन्द्र प्रसाद घिमिरे, स्वागत मन्तव्य स्मृति कार्की डोलीले राखेको कार्यक्रमको सञ्चालन श्रीयन्त्र आइटी क्लबका सचिव आशिष तिवारीले सञ्चालन गरेका थिए । 

Views: