d

आमसञ्चार र समावेशी पत्रकारिता बारे अन्तरक्रिया तथा पुस्तक परिचर्चा

Views:
Responsive Image Gallery
Responsive Image Gallery

बिर्तामोड, फागुन २२।
नेपाल पत्रकार महासंघ झापाको आयोजनामा आमसञ्चार र समावेशी पत्रकारिता विषयक अन्तरक्रिया तथा पत्रकार तारामणि सापकोटाद्वारा लिखित अनुसन्धानमुलक पुस्तकको विमर्श कार्यक्रम मंगलवार बिर्तामोडमा सम्पन्न भएको छ ।
महासंघको कार्यालयमा आयोजित कार्यक्रममा सहभागीले संविधान र कानूनमा व्यवस्था भएका समावेशिता सम्बन्धी व्यवस्थाहरु व्यवहारमा कार्यान्वयन हुन नसकेको धारणा राखे । उनीहरुले संविधानको मर्म अनुसार समावेशी समाज निर्माणका लागि मिडियाले खबरदारी गर्नुपर्नेमा जोड दिए । महासंघका झापाका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको कार्यक्रममा पुस्तकका लेखक सापकोटाले नेपालको सञ्चार लगायत विभिन्न क्षेत्रमा समावेशिताको अवस्था बारे तथ्यांक प्रस्तुत गर्दै पुस्तकको औचित्यमाथि प्रष्ट्याएका थिए । सरकार र राजनीतिक दलहरुले समावेशिताको नारा लगाए पनि व्यवहारमा कार्यान्वयन गर्न नसकेको सो अवसरमा बताइयो । नेपाली सञ्चार क्षेत्र पनि समावेशिताको अभ्यासमा चुकेको बताइएको छ ।
कोशी प्रदेशकी पूर्व राज्यमन्त्री जसमाया गजमेरले मुलुकको समावेशी अवस्थासँगै पुस्तकमाथि परिचर्चा गरेकी थिइन् । महासंघ झापाका पूर्वअध्यक्ष कृष्ण हुमागाँई, नारी सञ्चारगृहकी संस्थापक अध्यक्ष सावित्रा दाहाल, नेपाल आदिवासी जनजाति झापाका अध्यक्ष पाण्डवलाल चौधरी, थारु कल्याणकारी सभाका केन्द्रीय पार्षद श्रीप्रसाद चौधरी, आदिवासी नेतृ जमुना राजवंशी, महासंघ झापाका सहससचिव अर्जुन राजवंशी लगायतले विभिन्न जिज्ञासा र सुझाव राखेका थिए ।  
महासंघका सचिव डिकेश लामाले कार्यक्रमको सञ्चालन गरेका थिए । कार्यक्रममा महासंघका पूर्वअध्यक्ष मोहन काजी, राष्ट्रिय परिषद् सदस्यहरु दिपीन राई, गोपाल काफ्ले, प्रेस क्लब मेचीनगरका अध्यक्ष डम्बर बराल, इन्सेक प्रतिनिधि नरेश खाती, संवाद समू्हकी कमला भट्टराई लगायतको आतिथ्य थियो । सापकोटाको पुस्तकमा नेपालमा समावेशिताको अवस्था, नेपाली सञ्चार क्षेत्रमा समावेशिताको अवस्था, मिडियाले खेल्नुपर्ने भूमिका लगायतका महत्वपूर्ण विषयमा तथ्यांकसहित अनुसन्धानमुलक विषय समेटिएको छ ।