d

नयाँ सत्ता समीकरण: यस्तो छ भागबन्डा

Views:

 

काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद् १८ सदस्यीय बनेको छ ।  सोमबार तीन जनाले विनाविभागीय मन्त्रीको शपथ लिए सँगै आज थप भएका १४ जना मन्त्रीहरु सहित १८ सदस्यीय मन्त्रीपरिषद गठन गरिएको हो ।

 १४ जना मन्त्रीको आजै अपराह्न ५:४५ बजे शपथ हुने तय भएको जनाइएको छ। 

नव गठित मन्त्रीपरिषदमा एमालेबाट  रघुवीर महासेठ उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्री, पदम गिरी कानुन न्याय तथा संसदीय मामिलामन्त्री,  दामोदर भण्डारी उद्योग, ज्वालाकुमारी साह कृषि, बलराम अधिकारी भूमि व्यवस्था तथा सहकारी, हरि उप्रेती रक्षा, भगवती चौधरी महिला बालबालिका तथा ज्येष्ठ र राजेन्द्र राई खानेपानी बन्ने गरी कार्यविभाजन भएको जनाइएको छ  । 

नयाँ मन्त्रीमण्डलमा माओवादीबाट नारायणकाजी श्रेष्ठ उपप्रधान एवम् परराष्ट्र, वर्षमान पुन अर्थ, शक्ति बस्नेत ऊर्जा तथा जनस्रोत, रेखा शर्मा सञ्चार तथा सूचना प्रविधिमन्त्री र हितबहादुर तामाङ संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री बन्ने भएका छन् । 

यस्तै रास्वपाबाट रवि लामिछाने उपप्रधान तथा गृह, डोलप्रसाद अर्याल श्रम तथा रोजगार, विराजभक्त श्रेष्ठ युवा तथा खेलकुद र सुमना श्रेष्ठ शिक्षामन्त्री बन्नेगरी कार्यविभाजन भएको छ । 

Views: