d

म र मेरो प्रेम

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 


पृय काली 


तिमी मेरो साहित्यको एक अभिन्न अङ्ग हौ
मेरो इतिहास हौ
जब तिमिले मलाई तड्पाउथ्यौ, झुलाउथ्यौ, सताउथ्यौ तब  मनमा लागेका हर शब्द कापिको पानामा कोर्ने गर्थें। 
थाहा थियो एक दिन पक्कै छाडेर जाने छौ र 
म नितान्त एक्लो हुने छु। 

तिम्रो सम्झनामा कयौँ रात गीतसंगीत सुनी रुन्थे, कयौँ रात फिल्म हेरि रुन्थेँ,
कयौं रात तिमिलाइ लेखेर रुन्थेँ
लेख्दा लेख्दै कहाँ सम्म पुगे र कति लेखे भन्ने कुनै ठेगान हुन्थेन, कापिका पाना भिजि तिनचार पाना भित्र सम्म भिजी सक्दा पनि थाहै हुन्थेन। 
तिमिलाई लेखेर म कहिल्यै थाक्ने छैन 
भोलि कोहि आउला मेरो जिवनमा न आउला त भन्दिन
जिउनु छ सास रहन्जेल खाँचो पर्छ नै एउटा जीवन साथिको 

तिमिले तड्पाएको, तिमिले सताएको, तिमिले झुलाएको 
खेलौना सरि खेलाएको मलाई अझ पनि राम्रोसँग स्मरण छ। 
बर्बाद भएका ती दिन फेरि आउला, न आउला त्यो फरक कुरा छ! तर जस्तो तिमिले खेलायौ त्यसरी अब कसैले खेलाउन पाउने छैन, म खेलौना बन्ने छैन। 

तिमिलाइ पाउन गल्लीमा हिड्ने पागल जस्तो भएँ 
तिमिलाइ पाइन भने मर्छु सम्म भनें, 
तिमी अरु कसैको भयौ भने मार्छु सम्म भने,
तिमी अरु कसैसँग बोल्दा झगडा गरें, 
कति सामाजिक संजालमा लेखे, कति फोनमा रुन्थेँ, 
कति म्यासेजमा रुन्थेँ त कति भेटमा रुन्थेँ मलाई नछोड है म मर्छु  पनि भन्थेँ, कहिलेकाही धम्की पनि दिन्थेँ किन कि
म चाहान्थे तिमी मेरो बाहेक अरु कसैको नहोस 
सिर्फ मेरो हो त ! मेरै रहोस !!
यो म्यासेज,स्टाटस धम्किले कतै मानी पो हाल्छ कि भन्ने मनसाय जान्थ्यो। 
सायद यो मेरो गलत कदमको मनसाय थियो होला 
तर चाहाना त तिमिलाई दुखको छाया सम्म नपरोस भन्ने थियो।
लामो समय, करिब ६ बर्षपछी तिमिले मेरो हात, चटक्कै छाड्ने निर्णय गर्‍यौ। 
अचानक यो कुरा सुनि त्यति असर त परेको थिएन
किन कि म पटकपटक मरे सरि तड्पीसकेको थिएँ।
मेरो तड्पाइ, मेरो पागलपन, मेरो चाहाना तिमिले तिमिले कहिल्यै बुझ्ने कोसिस गरेनौ।
एक पक्ष प्रेमको अथाह गहिराइमा डुबेको म
त्यो अन्तिम दिन हो भन्ने सुन्दा कस्तो भयो होला 
तिमी आफैँ भन त ?  

 म अझ मरे जस्तो भएँ, यसरी दिन दिनै मर्नु भन्दा एकै पटक चटक्कै मर्दिउँ जस्तो लाग्थ्यो। 
फेरि यता आमाबाबुको सपना कति छन कति
जेठो छोरा भएर पनि होला आमाबाबु दाजुले मलाई कुनै कुराको कमि हुन दिएनन्। 
कमि थियो त केवल तिम्रो मात्र । 

मेरो प्रेमको अन्तर्वियोग केन्द्रलाई चितामा दागबत्ती दिएर 
सडिन पलको अनुभुती मात्र गरिनौ
एक पक्ष प्रेमको अथाह गहिराईमा डुबाएर, जिवनको भिख मागी रहेको एक पागललाई सामनाका हात दिन पनि असमर्थ देखियो। 

तिमिले छाडेर गएपछि, दिनको तड्पाई  साथिहरुसँग डुलेर घटाएँ, रातको तड्पाई नसा गरि घटाएँ,
साथ दिने आमाबाबु सम्झिएँ 
सबै स्वार्थी छन् भरोसा तोडी दिएँ 

तिमिले छाड्नुको कारण मायाको कमिले हैन रैछ
कारण त पैसाको कमिले रहेछ। 
६ बर्ष सम्म केही गर्न, केही बन्न नसक्ने तिमी अवका बाँकी वर्षमा के गरि पाल्न सक्छौ हँ ? 

यो तिम्रो प्रश्नले म निशब्द भएँ
तिम्रो पटकपटकको अपहेलना बल्ल बुझेँ
आखिर पैसा हुँदो हो त मेरो प्रेम सफल हुन्थ्यो 
हिजो पैसा नभएर मेरो प्रेमले हार स्वीकार गर्‍यो। 
आज पैसा छ, मात्र तिमी छैनौ

 

-मिलन भट्टराई 

कमल ५, पाडाजुँगी, झापा

Views: