d

गौरादहमा स्थानीय उत्पादनको एकदिने प्रदर्शनी

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 

झापा: झापाको गौरादहमा स्थानीयस्तरमा उत्पादित घरेलु सामाग्रीको एकदिवसीय प्रदर्शनी आयोजना गरिएको छ । स्थानीय उत्पादनलाई प्रवर्द्धन तथा बजारीकरण गर्ने उद्देश्यले गौरादह १ मा स्थापित जानकेश्वर सृजनसिल महिला समुहको आयोजनामा बृहत् प्रदर्शनी आयोजना गरिएको हो । 

संस्थाको स्थापना दिवसको अवसर पारेर खुल्ला सीप प्रदर्शनी  कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ   

प्रदर्शनी स्थलमा स्थानीय मौलिक उत्पादनहरु परालबाट बनाइएका सामाग्री, सालको पात बाट निर्माण गरिएको दुनो, टपरी, कृस्टल माला, ब्याग झोला, जुत्ता चप्पल, अचार, बाँसबाट निर्माण गरिएका सामाग्रीहरु, विभिन्न जातजातिका पोशाक लगायतका सामाग्रीहरु राखिएको थियो । 

स्थानीय रूपमा उत्पादित ४३ प्रकारका सामाग्री राखिएको प्रदर्शनी स्थलमा ३६ वटा उद्यमी तथा उद्यमी समुहको सहभागीता रहेको थियोे । 

कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै संस्थाकि अध्यक्ष अम्बिका पौडेलले घरेलु ज्ञान र सिपमा आधारित स्थानीय उत्पादनको महत्त्व बुझाउनकै लागि प्रदर्शनी आयोजना गरिएको बताए । स्थानीय पौरखी हातहरुलाई प्रोत्साहन गर्न सरकारी स्तरबाट समेत चासो र चिन्ता हुनुपर्ने बताउदै स्थानीयकरणको महत्त्व बुझे मात्र उद्यमशिलताको बिकास हुने बताइन् । 

प्रदर्शनी कार्यक्रमको उद्घाटनकसत्रमा बोल्दै उपमेयर तथा कार्यक्रमकि प्रमुख अतिथि जलवर्षा राजवंशीले गौरादहमा पहिलो पटक घरेलु उत्पादनको प्रदर्शनी आयोजना गरिएको भन्दै उनले कार्यक्रम आयोजकको खुलेर प्रशंसा गरिन् । उनले यस प्रकारका कार्यक्रमले स्थानीय उत्पादनको बजारीकरणमा महत्त्वपूर्ण योगदान पुग्ने बताइन् । 

कार्यक्रममा पुर्व नगर प्रमुख रोहित कुमार साह, वडाध्यक्षहरु नगेन्द्र भण्डारी, अग्रणी महिला नेत्रीहरु लिला कट्टेल कार्की, भिमा उप्रेती, पुर्व उप- प्रमुख गिता भेट्वाल  लगायतले शुभकामना मन्तव्य राखेका थिए । 
कार्यक्रममा वडा नम्बर २ का वडाध्यक्ष गोपालप्रसाद कोइराला, वडा नम्बर ७ का वडाध्यक्ष बलराम खरेल, गौरादह बहुमुखी क्याम्पसका पुर्व क्याम्पस प्रमुख सुरेश पौडेल,  स्थानीय संघ संस्थाका प्रतिनिधि, शिक्षक बुद्विजिवी, सामाजिक अगुवाहरु लगायत स्थानीयको उल्लेख्य उपस्थिति रहेको थियो । 

कार्यक्रममा आयोजक समितिको तर्फबाट संगिनी, मारुनी लगायतका परम्परागत नृत्यहरु समेत राखिएका थिए । 

संस्थाकि उपाध्यक्ष रुका कोइरालाले स्वागत मन्तव्य, सभापतित्व संस्थाकि अध्यक्ष अम्बिका पौडेल तथा कार्यक्रमको सञ्चालन सचिब अनुसा बजगाइ प्रसाईंले गरेकी थिइन् । 

Views: