d

शुभलक्ष्मी सहकारीको सेवा केन्द्रबाट १३ लाख ७० हजार चोरी, अनुसन्धान जारी

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 

झापाको गौरादह ९ बैगुन्धुरा स्थित शुभलक्ष्मी सहकारी संस्था लिमिटेडको सेवा केन्द्र कार्यालय बाट मोटो रकम चोरी भएको छ । चैत ५ गते राती कार्यालयको अज्ञात समूहद्वारा भवनको पूर्वपट्टीको उत्तर तर्फको झ्याल तोडफोड गरी संस्थामा प्रवेश गरी संस्थाको सेफ समेतलाई तोडफोड गरी सेफमा रहेको कुल मौज्दात रु.१२ लाख ८७ हजार ६ सय २३ रुपैयाँ चोरी भएको व्यवस्थापक तिलक कार्कीले विज्ञप्ति मार्फत जानकारी गराएका छन् । 


 नगद सहित ३ वटा सि.सी. क्यामरा, क्यामेराको डि.भी. आर. समेत चोरी लगेको र संस्थाको झ्याल, ढोका, गृल, सेफमा समेत क्षति पुर्‍याइएको विज्ञप्तिमा उल्लेख गरिएको छ । 

पढ्नुहोस् विज्ञप्ति 


आदरणीय शेयर सदस्यज्यूहरु,

यस संस्थाको बैगुन्धुरा सेवा केन्द्रमा २०८० साल चैत्र ५ गते रातको समयमा अज्ञात समूहद्वारा भवनको पूर्वपट्टीको उत्तर तर्फको झ्याल तोडफोड गरी संस्थामा प्रवेश गरी संस्थाको सेफ समेतलाई तोडफोड गरी सेफमा रहेको कुल मौज्दात रु.१२,८७,६२३.५४ (अक्षरेपी बाह्र लाख सतासी हजार छ सय तेइस रुपैया चौउन्न पैसा) नगद, ३ वटा सि.सी. क्यामरा, क्यामेराको डि.भी. आर. समेत चोरी लगेको र संस्थाको झ्याल, ढोका, गृल, सेफमा क्षति पुगेको व्यहोरा दुःख पूर्वक जानकारी गराउँदै अपराधिक कार्यमा संलग्नलाई खोजविन गरि पत्ता लगाउन र कानून अनुसारको कार्वाहीका लागि प्रशासन् समक्ष जाहेरी गरिएको र यस्ता भवितव्य, जोखिमबाट सुरक्षाका निम्ति काउण्टर तथा भल्टको बिमा गरिए अनुसार एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेड समक्ष जाँचबुझ तथा क्षतिपूर्तिकालागि मागदावी समेत गरिएको र समाजमा हुने यस्ता कृयाकलापलाई रोक्न तथा अपराधी पत्ता लगाउन आवश्यक सहयोगका लागि आम जनसमुदायमा अनुरोध समेत गर्दछौ ।

तिलक बहादुर कार्की
व्यवस्थापक
शुभलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लि.

Views: