d

थेरापी गर्दा गर्दै खेमराजलाई प्लास्टिक सर्जरीमा पठाइयो, अव के गर्छिन् ममता ? 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमान्डौ: अकल्पनीय मोर्टर्साइकल दुर्घटनामा परेका झापाका खेमराज घिमिरेलाइ अचानक प्लास्टिक सर्जरी गर्नु पर्ने भएको छ ।  गत भदौमा गम्भीर दुर्घटनामा परेका घिमिरेलाइ थेरापी गर्दागर्दै  अचानक ढाडमा ओछ्याने घाउ देखापरे पछि  प्लास्टिक सर्जरी गर्नु पर्ने भएको बताइएको हो।  

खेमराजलाई के भएको हो जानकारी लिन यो लिंकमा क्लिक गर्नुहोस

यो पनि पढ्नुहोस

No description available.

 

  लामो समय देखि अस्पतालको बेडमा रहेका घिमिरेको ढाडको बाहिरी भागमा घाउ देखा परे पछी प्लास्टिक सर्जरी गरेर घाउ निको पर्नु परेको घिमिरेकी  श्रीमति ममता घिमिरेले बताएकी छिन्।

 

 

खेमराज की श्रीमती ममता घिमिरे अमेरिका बस्दै आएकी छिन्।  उनि साढे चार वर्ष पहिले अमेरिका अध्ययनको शिलशिलामा अमेरिका पुगेकी हुन्।  

 

 

ममताका श्रीमान खेमराजलाई  मोर्टर्साइकल सवार रहेको बेला गत भदौ  ४ गते विर्तामोडको भगवान चोकमा विपरित दिशाबाट आएको बसले  ठक्कर दिएको थियो।   

 

दुर्घटना हुने बित्तिकै  बि. एन.सी अस्पताल पुर्याइएका घिमिरेको उपचारमा जटिलता देखिएको भन्दै  बि. एन. सीले ललितपुर स्थित मेडी सिटि अस्पतालमा रिफर गरेको थियो।  करिब २ महिनाको उपचार पछि घिमिरेको स्वास्थ्यमा सामान्य सुधार आए पछि साँगा स्थित स्पाइनल इन्जुरी रिहाब सेन्टरमा थेरापी प्रबिधिले उपचार गरिदै छ।  थेरापीकै क्रममा ढाडमा घाउ देखा परेको कारण घाउ निदान गर्नकै लागि प्लास्टिक सर्जरी गर्न लागिएको परिवार श्रोतले जानकारी दिएको छ।  

 

गो फन्ड बाट खेमराजलाई सहयोग गर्न यो लिंकमा क्लिक गर्नुहोस

 

निकै नै डरलाग्दो दुर्घटनामा परका खेमराजको  मेरुदण्ड नराम्रो संग भाचिएको छ।  दुर्घटना भएको केहि दिनमा होसमा आएका घिमिरेको कम्मर मुनिको भाग भने चल्न सकेको छैन।  लामो थेरापी र उचित हेरचाह  पाउदा स्वास्थ्य सुधार हुन सक्ने उनको उपचारमा खटेका  चिकिस्त्सकहरु बताउछन्।  चिकित्सककै सल्लाहमा उनकी पत्नी ममताले श्रीमानलाई अमेरिका लगेर उपचार गर्ने योजना बनाएकी छिन्।  करिब १ लाख अमेरिकी डलर बैंक ग्यारेन्टी गर्न सक्दा मात्र भिषा इस्स्यु गर्न मिल्ने अमेरिकी राजदुताबासले बताएपछि ममता चिन्तित छिन्।  उनले गो फन्ड मार्फत सहयोगको लागि अन्तराष्ट्रिय अपिल समेत गरेकी छिन्।

 

ममतालाई सहयोग गर्न चाहनेले तलको ठेगानामा सम्पर्क गर्न वा डाइरेक्ट नगद जम्मा गर्न सकिने परिवारश्रोतले बताएको छ।  

No description available.
  


No description available.

 

No description available.

Views: