गौरादहका रिदम खड्का ‘द भ्वाइस अफ किड्स’ को सेमिफाइनलमा
गौरादह, झापा — गौरादह–१ का बाल गायक रिदम खड्का चर्चित गायन रियालिटी शो ‘द भ्वाइस अफ किड्स नेपाल’ सिजन ४ को सेमिफाइनलमा पुगेका छन्। मधुर स्वर र आत्मविश्वासपूर्ण प्रस्तुतिका कारण उनले दर्शक र निर्णायकको मन जितेका हुन्।
रिदमले ब्लाइन्ड अडिसन, ब्याटल र नकआउट चरण पार गर्दै सेमिफाइनलमा स्थान बनाएका हुन्। अब उनलाई फाइनलमा पुर्याउन दर्शकको भोट आवश्यक रहेको छ। नेपालभित्र खाल्ती एप र विदेशबाट khalt.com मार्फत भोट गर्न सकिने आयोजकले जनाएका छन् ।
प्रतिक्रिया