आश्विन ०३ २०८२, शुक्रबार

सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय अपरिपक्क : पत्रकार महासंघ

Ads

नेपाल पत्रकार महासंघले सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय अपरिपक्व भएको प्रतिक्रिया दिएको छ।

पत्रकार महासंघका महासचिव रामप्रसाद दाहालले सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय अपरिपक्व भएको बताएका हुन् ।

Ads

उनले भने, ‘नागरिकले सूचना आदान प्रदानको अत्यधिक प्रयोग गर्ने सामाजिक सञ्जाल बन्द गर्नु भनेको सूचना पाउने हकबाट वञ्चित हुनु हो। सहजीकरणको माध्यमबाट जानुपर्ने हो, बन्द गर्ने सरकारको निर्णय अपरिपक्व भयो।’

Ads

महासंघले सामाजिक सञ्जाल बन्द गर्ने निर्णय सच्याउन सरकारसँग आग्रह गरेको छ । ‘डिजिटल नेटवर्कको सुविधा बन्द गर्न हुँदैन । सरकारले निर्णय फिर्ता लिनुपर्छ,’ उनले भने ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपालमा दर्ता सूचीकरण नभएका फेसबुकसहितका सामाजिक सञ्जाल आजैबाट बन्द गर्ने निर्णय गरेको छ ।

Ads

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज मन्त्री पृथ्वी सुब्बा गुरुङसहित बसेको बैठकले सो निर्णय गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार