कार्तिक १७ २०८२, आइतबार

गौरादहमा शान्ति तथा समन्वय समिति गठन

Ads

 

गौरादह । हालै गौरादहमा भएको जेन–जेड आन्दोलनका क्रममा निजी तथा सार्वजनिक सम्पत्तिमा भएको क्षतिपछि उत्पन्न परिस्थिति सामान्य बनाउन शान्ति तथा समन्वय समिति गठन गरिएको छ।

Ads

समितिको अध्यक्षमा अनिश कार्की, उपाध्यक्षमा कुलदीप मण्डल र सचिवमा सन्दीप थापा चयन भएका छन्। त्यस्तै, सदस्यहरूमा रविन सुवेदी, पृतम दाहाल, सनिल दुलाल, मनिश कार्की, विवेक बिष्ट, सुरज साह, कुशल भेट्वाल, हिमाल नेपाल, सुरज रजत, उज्ज्वल राई र राजकुमार कार्की रहेका छन्।

सल्लाहकार समितिमा हेमन्त कार्की, कृष्ण बाँस्कोटा, बिरेन्द्र बस्नेत, नरेश कार्की र दीपक बराल रहनेछन्।

Ads

समितिको मुख्य जिम्मेवारी स्थानीय समुदायसँग निरन्तर समन्वय गर्दै आन्दोलनका कारण बिग्रिएको वातावरणलाई सामान्य बनाउने, सम्भावित तनावलाई नियन्त्रण गर्ने तथा निजी र सार्वजनिक सम्पत्तिको सुरक्षा गर्ने रहने बताइएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार